PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वाइडबडी प्रकरणमा पर्यटनमन्त्री र महालेखा परीक्षकको बयान बाझियो, 'किस्ता तिर्नेबारे मन्त्रीसँग कुरै भएको छैन'



बीपी साह

वाइडबडी प्रकरणमा पर्यटनमन्त्री र महालेखा परीक्षकको बयान बाझियो, 'किस्ता तिर्नेबारे मन्त्रीसँग कुरै भएको छैन'

काठमाडौं: राष्ट्रिय ध्वजावाहक वाइडबडी खरिद प्रकरणबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र महालेखा परीक्षक टंकमणि शर्माको बयान बाझिएको छ।

वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको आरोप लागेपछि संसदको सार्वजनिक लेखा समितिले वाइडबडीसँग सम्बन्धित निकायका प्रमुखहरुसँग बयान लिने क्रममा हिजो पर्यटन मन्त्री अधिकारीसँग बयान लिएको थियो।

मन्त्री अधिकारीले हिजो सार्वजनिक लेखा समितिमा महालेखा परीक्षकको रायअनुसार नै पैसा दिएको बताएका थिए।

सोही बमोजिम आज समितिले महालेख परीक्षक शर्मालाई बयान लिँदा उनले मन्त्रीलाई राय दिएकोबारे अनभिज्ञता प्रकट गरे।

सिंहदरबारस्थित समितिको कार्यालयमा बयान दिँदै महालेख परीक्षक शर्माले राय दिने जिम्मेवारी आफ्नो नभएको बयान दिए। भने, 'उहाँको अफिसमा म गएको छैन। उहाँ पनि मेरो अफिसमा आउनु भएको छैन। मैले राय दिने जिम्मेवारी पनि मेरो होइन। र राय दिने कानुन पनि छैन। मैले प्रतिवेदन बनाएर राष्ट्रपतिलाई बुझाउनुपर्ने हो।'

बाहिर यस्तो सुनेपछि बिहान मन्त्री अधिकारीसँग कुराकानी भएको उल्लेख गर्दै शर्माले मन्त्री नै अल्मलिएको दाबी गरे। 'उहाँ(मन्त्री अधिकारी)सँग आज बिहान कुरा हुँदा उहाँ नै अल्मलिनु भयो र भेट नै नभएको कुरामा कुनै ठाउँमा भेट भएको होला नि भन्नु भयो,' महालेखा परीक्षक शर्माले भने।

महालेखा परीक्षकको बयानपछि समितिले भोलि ऋणदाताहरु नागरिक लगानी कोष सञ्चय कोषका पदाधिकारीसँग भोलि छलफल गर्ने भएको छ। आजै समितिले वाइडबडीको प्रतिवेदन तयार पार्ने तयारी गरेको थियो। तर बयान लम्बिएकोले प्रतिवेदन भोलिमात्र तयार हुने बताइएको छ।

सम्बन्धित समाचार

वाइडबडीबारे पूर्वमन्त्रीहरूको बयान, 'सही छाप त गरेकै हो, तर, पैसा अर्कै कम्पनीलाई पो गएछ'
वाइडबडी छानविनमा गभर्नर र अर्थ सचिवको बयान : मन्त्रिपरिषदबाट दबाव आएकाले रोक्न सकेनौं



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell