PahiloPost

Mar 10, 2026 | २६ फागुन २०८२

१२ वर्षमै गंगामाया बनिन् आमा



पहिलोपोस्ट

१२ वर्षमै गंगामाया बनिन् आमा

काठमाडौं: मकवानपुर राक्सिराङकी गंगामाया प्रजा  बाह्र वर्षको उमेरमा आमा बनेकी छिन्। काठमाडौंस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्‍पतालमा उनले आज छोरीलाई जन्म दिएकी हुन्।

दिउसो १२:५७ बजे शल्यक्रियामार्फत् उनले छोरी जन्माइन्। आमा र छोरी दुवै स्वस्थ रहेको र नवजात शिशुको तौल २.९ केजी रहेको अस्पतालले जनाएको छ।

१२ वर्षमा गर्भवती भएकी गंगामाया बारे पहिलोपोस्टमा समाचार प्रकाशित भएको थियो। खबर सार्वजनिक भएसँगै प्रधानमन्त्रीले चासो देखाउँदै उद्दारका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन पठाएका थिए। सोही अनुसार उनलाई मकवानपुरबाट मंसिर पाँच गते काठमाडौं ल्याइएको थियो।

उनलाई डेढ महिनादेखि चिकित्सकको निगरानीमा काठमाडौंमै राखिएको थियो। उनका श्रीमान रञ्जित प्रजा १८ वर्षका छन्। 

यो पनि पढ्नुहोस्

एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा : भन्छिन् - सजाय भोगिरा'छु

१२ वर्षमा आमा बन्दै गरेकी गंगाको उपचार र जीवनरक्षाका लागि सरकारले थाल्यो पहल

१२ वर्षकै उमेरमा आमा बन्दै गरेकी गंगाको यसरी भयो 'रेस्क्यु', अब लेख्न नपरोस् यस्ता स्टोरी 

१२ वर्षमा आमा बन्दै गरेकी गंगाको श्रीमान रञ्जितको कथा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell