PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

यू-१९ क्रिकेट : विश्वकपमा छुटे पनि नेपाल एकै पटक दुई एसिया कपमा छनोट



पहिलोपोस्ट

यू-१९ क्रिकेट : विश्वकपमा छुटे पनि नेपाल एकै पटक दुई एसिया कपमा छनोट

काठमाडौं : गत अप्रिलमा मलेसियामा भएको आइसीसी यू-१९ विश्वकप क्वालिफायर एसिया रिजनमा युएईसँग १ रनको हार बेहोर्दा विश्वकप पुग्नबाट चुकेको नेपाली युवा टोली एकैपटक दुई यू-१९ एसिया कपको लागि छनोट भएको छ।

मलेसियामा मंगलवार सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजनको उपाधि जित्दै नेपालले यसै वर्ष श्रीलंकामा हुने र २०२० मा हुने यू-१९ एसिया कपमा स्थान पक्का गरेको हो।

सागर ढकालले शानदार बलिङ गर्दै ५ विकेट लिएपछि नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो।

दुई महिना अघि मलेसियामा भएको यू-१९ विश्वकपमा बर्षा बाधक बन्दा नेपाल युएईसँग १ रनले पराजित भएको थियो र अन्त्यमा त्यही हार नै नेपालको लागि महँगो सावित बन्दा विश्वकप पुग्न सकेन। एसियाबाट एक टिम मात्र विश्वकप पुग्ने नियम रहेका कारण लिगमा सबै ५ खेल जितेको युएई (१०अंङ्क) छनोट हुँदा  १ खेल हारेको नेपाल (८अंक) नोट हुन सकेन।

इस्टर्न रिजनमा भने नेपालले प्रतिद्वन्द्वीलाई सहजै हरायो। समूह चरण चीन र सिंगापुरलाई सहजै हराएको नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई पराजित गरेको थियो।

सन् २०१७ मा नेपालले इस्टर्न रिजन जित्दा पनि हङकङलाई नै हराएको थियो।

लगातार दोस्रोपटक च्याम्पियन बनेको नेपालले अब एसियाको टेष्ट राष्ट्रका युवा टोलीहरु समावेश यू-१९ एसिया कप खेल्नेछ। उक्त प्रतियोगिता यही वर्ष अगष्ट/सेप्टेम्बर श्रीलंकामा हुनेछ। जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान सँगै युएई र कुवेत पनि सहभागी हुनेछ।

युएई एसिया रिजनबाट यू-१९ मा विश्वकपमा छनोट भएकाले सिधै विश्वकपमा स्थान पक्का गरेपछि वेस्टर्न रिजनको उपविजेता बनेको कुवेतले पनि एसिया कप खेल्ने अवसर पाएको हो।

यस्तै एसियन क्रिकेट काउन्सिलले दुई-वर्षमा इस्टर्न रिजन गर्ने र २०२० मा पनि यू-१९ एसिया कप आयोजना हुने भएकोले इस्टर्न रिजनबाट दुई टिमलाई सिधै २०२० को एसिया कप छनोट हुने प्रावधान राखेको छ।

त्यसैले गर्दा नेपालले दुवै एसिया कपमा स्थान पक्का गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell