PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सागका लागि कराते खेलाडी छनोट पूरा



पहिलोपोस्ट

सागका लागि कराते खेलाडी छनोट पूरा
फाइल फोटो

काठमाडौं: नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कराते खेलाडीको अन्तिम छनोट सम्पन्न भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताबाट १८ पुरुष र १४ महिला गरी ३२ खेलाडी छनोट भए।

पुरुष एकल कातामा नेपाल प्रहरीका मण्डेकाजी श्रेष्ठ छनोट भए। उनले नेपाल आर्मीका पर्शुराम बाँस्तोलालाई पछि पारे। सोही स्पर्धाको महिलामा प्रहरीकै चन्चला दनुवार छनोट भइन्। चन्चलाले एनआरएनएकी शुभद्रा श्रेष्ठलाई पछि पारिन्।

टिम काताको पुरुषमा मन्डेसहित आर्मीका प्रवीण मानन्धर र प्रहरीका महशुस तामाङ छानिए। उक्त स्पर्धाको महिलामा प्रहरीकी निर्मला तामाङ, आर्मीकी संगीता मगर र प्रहरीकी सरु कार्की छनोट भए।

पुरुष ५० केजीमा प्रहरीका सोनाम लामा तथा ५५ केजीमा एपीएफका लक्ष्मण तामाङ छानिए। फाइनलमा सोनामले आर्मीका शिव खत्री तथा लक्ष्मणले प्रदेश ३ का विजय श्रेष्ठलाई पराजित गरे।

याे पनि: साग तयारीको चटारोः करातेको पदक संख्या बढाउनेमा प्रशिक्षक आशावादी

पुरुष ६० केजीमा प्रहरीका राजीव पुडासैनीले प्रदेश ४ का राजकुमार रसाइली, ६७ केजीमा प्रदेश ४ का नवीन रसाइलीले प्रदेश ५ का अर्जुन बाघचन्द, ७५ केजीमा प्रहरीका गंगाराम कुसवारले एपीएफका मुकुन्द्र महर्जन, ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठले एपीएफका सुशिल पौड्याल र ८४ केजीमाथि प्रदेश ३ का विप्लवलाल श्रेष्ठले आर्मीका लेखनाथ मैनालीलाई हराउदै सागका लागि स्थान पक्का गरे। पुरुष ६० देखि ८४ केजीमाथिमा दोश्रो भएका सबै खेलाडी टिम स्पर्धाका लागि भने छनोट भएका छन्।

महिला ४५ केजीमा आर्मीकी कुसुम खड्काले प्रदेश ३ की मिरा योञ्जन तथा ५० केजीमा एपीएफकी अनु अधिकारीले आर्मीकी मिस्ली श्रेष्ठलाई पाखा लगाउदै छनोट भए।

महिला ५५ केजीमा एपीएफकी मनीषा चौधरीले प्रदेश ३ की सुस्मिता वाइबा, ६१ केजीमा प्रदेश ४ की अनु गुरुङले प्रहरीकी एस्तर राई, ६८ केजीमुनि प्रहरीकी सुनिता महर्जनले आर्मीकी सनी तामाङ र ६८ केजीमाथि प्रहरीकी अुनपमा मगरले आर्मीकी रिता कार्कीलाई पन्छ्याउदै छनोट भए। महिलामा पनि ५५ केजीदेखि ६८ केजीमाथिमा दोश्रो भएका सबै खेलाडी टिम स्पर्धाका लागि छनोट भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell