PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सावित्रा उर्फ साम्बाको भारतमा पनि गज्जब प्रदर्शन, ४ खेलमा गरिन् १२ गोल



रासस

सावित्रा उर्फ साम्बाको भारतमा पनि गज्जब प्रदर्शन, ४ खेलमा गरिन् १२ गोल
फाइल फोटो

काठमाडौँ : नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन्।

चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन्। जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता हुन्।

यो पनि पढ्नुस् : १७ अन्तर्राष्ट्रिय गोल गर्ने साम्बा, अर्थात् नेपाली महिला फुटबलकी हिरो

सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी लिग खेल्न माघ ७ गते भारत गएकी हुन्। दोस्रो पटक उक्त लिगमा सहभागी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छिन्। गत वर्ष उनी सेथु एफसीबाट खेलेकी थिइन्। सेथु गत संस्करणको च्याम्पियन पनि हो। सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिइन्। लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

सावित्रालाई ओजिलको जर्सी
भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ। ओजिलका एजेन्ट इकुट सोगुटले उनलाई जर्सी हस्तान्तरण गरेका हुन्।

जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ। लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उनले तीन गोल गरेकी थिइन्। सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेकी छिन्। सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell