PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

कर्मचारी कटौती गर्दै साझा प्रकाशन, २२ कर्मचारीले पाए अवकाश



पहिलोपोस्ट

  कर्मचारी कटौती गर्दै साझा प्रकाशन, २२ कर्मचारीले पाए अवकाश

काठमाडौं : पछिल्लो समय करोडौं आर्थिक भार खेप्दै आएको साझा प्रकाशनले उच्च तहमा कार्यरत २२ कर्मचारीलाई अवकाश दिएको छ।
 
संशोधित कर्मचारी नियमावली बमोजिम माथिल्लो तहका पुराना २२ कर्मचारीलाई शुक्रबार अवकाश दिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए।

साझामा १९४ जना कर्मचारीको दरबन्दी छ। अवकाश पाउने सबैले २० वर्षे सेवा पूरा गरिसकेका छन्। अधिकृतस्तर भन्दा माथिल्लो तहमा भने २४ दरबन्दी तोकिएको छ। सोही दरबन्दीका २२ जनालाई अवकाश दिइएको हो।
 
पहिलो चरणमा ती कर्मचारीलाई अवकाश दिइएको उनको भनाइ छ। 'करोडौं ऋणमा रहेको संस्थाको आर्थिक भार घटाउन पनि अन्य कर्मचारी कटौती गर्नेपर्नेछ,' उनले भने, 'यो प्रक्रिया अब बिस्तारै सुरु गर्नेछौं।'

यसपटक अवकाश पाउनेमा अधिकृत तह प्रथमका बजार प्रमुख धीरेन्द्रराज खनाल, प्रेस शाखा प्रमुख प्रेमबहादुर कार्की, परियोजना प्रमुख तारा चालिसे र प्रशासन प्रमुख दीपक अधिकारी लगायत रहेका छन्। उनीहरुलाई एकमुष्ट तीन महिनाको तलब दिने गरी अवकाश दिइएको हो।
 
साझा प्रकाशन कर्मचारी नियमावली २०७३ को विनिमावली दफा (५९) बमोजिम सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।  संस्थाले कर्मचारीलाई ६ महिनादेखि तलब दिन सकेको छैन। बैंकमा पनि करोडौं ऋण छ। चालू अवस्थामा ४० करोड घाटामा संस्थाले यसअघि नै जग्गा बिक्री गर्ने निर्णय गरिसकेको छ। 

यो पनि पढ्नुस्-
सरकारले सहयोग नगरेको भन्दै साझाले गर्‍यो जग्गा बेच्ने निर्णय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell