PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

फिफा टिभीमा नेपाल र फुटबलबारे अर्को भिडियो



पहिलोपोस्ट

फिफा टिभीमा नेपाल र फुटबलबारे अर्को भिडियो

काठमाडौं : फिफा टेलिभिजनले नेपाल र नेपाली फुटबलबारे लगातार भिडियो कार्यक्रम बनाउँदै आएको छ। यसअघि नै फुटबलबारे दुई भिडियो आफ्नो युट्युब च्यानलमा राखिसकेको फिफा टिभीले नेपाली फुटबलबारे तेस्रो भिडियो सार्वजनिक गरेको हो।
 
'फुटबल हेल्प्स चिल्ड्रेन इन नेपाल' नामको नयाँ भिडियो अहिले सार्वजनिक गरिएको छ।

भूकम्पपछि चाइल्डरिच नामक संस्थाले नेपालको हिमाली क्षेत्रमा रहेका स्कुल र बालबालिकालाई फुटबलको माध्यमबाट पुर्‍याएको सहयोगको बारेमा भिडियोमा उल्लेख गरिएको छ।
 
यसअघि फिफा टिभीले गत बुधबार 'नेपाल फुटबल स्टार्स किप ड्रिम्स अलाइभ' र सोमबार 'मिट द हिमालयन मेसी' नामक भिडियो सार्वजनिक गरेको थियो।
 ​



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell