
एथ्लेटिको मड्रिड अन्तिम-१६ को दोस्रो लेगमा लस पलमससँग पराजित भएपनि समग्रमा ४-३ को जित हात पार्दै कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको लस पलमससँग ३-२ ले पराजित भएको हो। पलमसको लागि मार्को लिभाजाले २ तथा माटेओ इजेक्वेल गार्सियाले १ गोल गरे। एथ्लेटिकोका लागि एन्टोनि ग्रिजमन र एन्जेल कोरेअले १/१ गोल गरे।
दोस्रो लेग हारेपनि पहिलो लेगको खेलमा एथ्लेटिको २-० ले विजयी भएको थियो। त्यसैले समग्रमा जित हात पार्दै एथ्लेटिको अन्तिम आठमा पुगेको हो। यता लस पलमस भने दोस्रो लेग जितेर पनि अभागी बन्यो। २ गोल अन्तरले जितेको भए लस पलमस क्वाटरफाइनल पुग्ने थियो।