PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

​सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीका एसएसपी श्याम खत्री पक्राउ



पहिलोपोस्ट

​सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीका एसएसपी श्याम खत्री पक्राउ

काठमाडौं : सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थलमा कार्यरत खत्रीलाई हेडक्वाटरले अनुसन्धानका लागि तानेको थियो। ब्युरोले आइतबार उनलाई पक्राउ गरेको हो।

विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन सहित ब्युरोले त्यसका भरियालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानमा भन्सारका कर्मचारीको संलग्नता खुलेपछि केही कर्मचारी समेत पक्राउ परे।

पुस २१ गते ब्युरोले बाँकेका गोपालबहादुर शाही, मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो। अनुसन्धानमा भन्सारका कर्मचारी समेत संलग्न देखिएपछि भन्सारका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाल पक्राउ परे।


भन्सार कर्मचारीको बयानमा एसएसपी खत्रीको नाम पोलिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई विमानस्थलको सुरक्षाबाट हटाएर छानविनका लागि माघ ३ मा हेडक्वाटर झिकाएको थियो।

स्रोतका अनुसार अनुसन्धानमा सुन तस्करीमा संलग्न समूहसँग खत्रीले पैसा लिने गरेको खुलेपछि ब्युरोले आइतबार उनलाई पक्राउ गरेर औपचारिक अनुसन्धानको दायरामा ल्याएको हो। 

प्रहरीले सुन तस्करीमा संगठित समूह स‌ंलग्न रहेको दावी गर्दै आएकोछ। तर मुख्य ब्यक्ति को हो अझै खुलाउन सकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell