PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

सहरी मन्त्री केसीको गुनासो- 'राजदूत सिफारिसमा परेकालाई हामीले नै चिन्न नपाइने?'



पहिलोपोस्ट

सहरी मन्त्री केसीको गुनासो- 'राजदूत सिफारिसमा परेकालाई हामीले नै चिन्न नपाइने?'

काठमाडौं : सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले राजदूतको सिफारिसमा परेका कसैलाई चिन्न नपाएको गुनासो गरेका छन्। उनले मन्त्रिपरिषद्मा छलफल नै नगरी एक्कासि राजदूतहरुको नाम सिफारिस गर्ने निर्णय भएको भन्दै सार्वजनिक कार्यक्रममै असन्तुष्टि व्यक्त गरे।
 
'राजदूतमा सिफारिस भएकालाई हामीले चिन्न पाएनौँ, छलफल गर्न दिइएन,' सिएन नेपालको कार्यक्रममा सोमबार मन्त्री केसीले भने, 'मन्त्रीले नै नचिन्ने राजदूत सिफारिस गरेर मन्त्रीपरिषद्मा पर्याप्त छलफल नै नगरी सिफारिसको निर्णय पास गरिदिने! यस्तो परिपाटीको म विरोध गर्छु।'
 
सरकारले फागुन ९ मा १४ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको थियो। सिफारिसमा कांग्रेसका तर्फबाट ६, माओवादी केन्द्रबाट ४, राप्रपाबाट ३ र फोरम लोकतान्त्रिकबाट एक जनाको सिफारिस भएका थिए।
 
राजदूत नियुक्तिका लागि सिफारिसमा परेकाहरु राजनीतिक भागबण्डामा सम्बन्धित क्षेत्रको कूटनीतिक ज्ञान नै नभएका परेको भन्दै आलोचना भइरहेको छ। नाफामूलक व्यावसायमा सक्रियको नाम सिफारिस गरिएको विरोध भएपछि सरकारले दुई जनाको नाम फिर्ता लिने निर्णय गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell