PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

बाहुबली- द कनक्लुजनको हिन्दी ट्रेलर सार्वजनिक, फिल्म ४ भाषामा डब



पहिलोपोस्ट

बाहुबली- द कनक्लुजनको हिन्दी ट्रेलर सार्वजनिक, फिल्म ४ भाषामा डब

एसएस राजामौलीले बलिउडको बहुप्रतिक्षित सिक्वेल बाहुबली- द कनक्लुजनको ट्रेलर सार्वजनिक गरेका छन्। हिन्दी भाषाको डबिङ रहेको ट्रेलर बुधवार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

कटप्पाले किन बाहुबलीको हत्या गरे त? भन्ने सस्पेन्समा टुंगिएको फिल्मले सोही कथालाई निरन्तरता दिंदैछ। २८ अप्रिल २०१७ बाट प्रदर्शनमा आउने बाहुबली द कनक्लुजनले रिलिज अघिनै पाँच सय करोडको व्यवसाय गरेको छ। हिन्दी भाषामा डब भएको मध्य बाहुबली द बिगिनिङ्स सय करोड क्लबमा नाम लेखाउने पहिलो साउथ इन्डियन फिल्म हो।

बाहुबली दुई टेलिगु, तामिल, हिन्दी र मलायलम गरी चार भाषामा सार्वजनिक हुँदैछ। इन्डियाका लागि कारण जौहरको धर्म प्रोडक्शनलाई बाहुबली दुईको थ्रियटिकल राइट्स एक सय बिस करोडमा बेचिएको छ।

फिल्ममा प्रभास, राणा डग्गुबती, अनुष्का शेट्टी, तमन्ना भाटिया,रम्या कृष्णन, सत्यराज, सुदीप, सुब्बाराजु, नासर, प्रभाकर आदीको अभिनय रहेको छ।

हेर्नुस् ट्रेलर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell