
आगामी जुन १ बाट इंगल्याण्डमा हुने च्याम्पियन्स ट्रफीका लागि न्यूजिल्याण्ड र श्रीलंकाको क्रिकेट टोली घोषणा भएको छ।
केन विलियमसनको कप्तानीमा घोषणा गरिएको किवी टोलीमा फास्ट बलरद्वय मिचेल म्याकलेनघान र एडम मिल्ने तथा अलराउण्डर कोरी एण्डरसनले कमब्याक गरेका छन्।
यस्तै एल्जेलो म्याथ्युजको कप्तानीमा रहेको लंकाली टिममा लाथिस मालिंगाले स्थान बनाएका छन्। मालिंगाले पछिल्लोपटक सन् १०१५ नोभेम्वरमा श्रीलंकाका लागि वान डे खेलेका थिए।
म्याकलेनघान, मिल्ने, एण्डरसन र मालिंगाले भारतमा जारी आइपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
यसअघि नै अष्ट्रेलिया, दक्षिण अफ्रिका र बंगलादेशको टोली घोषणा भइसकेको छ। अब आयोजक इंगल्याण्डसँगै भारत र पाकिस्तानको टोली घोषणा हुन बाँकी छ।
न्यूजिल्याण्डको टोली
केन विलियमसन (कप्तान), कोरी एण्डरसन, ट्रेण्ट बोल्ट, निल ब्रोम, कोलिन डे ग्राण्डहोम, मार्टिन गप्टिल, टम लाथम, मिचेल म्याकलेघान, एडम मिल्ने, जिम्मी निसाम, जितन पटेल, लुक रोची, मिचेल सान्टनर, टिम साउदी, रोज टेलर
श्रीलंकन टोली
एल्जेलो म्याथ्युज (कप्तान), उपुल थरंगा, निरोसान डिकवेला, कुशल परेरा, कुशल मेण्डिस, चामरा कपुगेदेरा, अशेला गुणरत्ने, दिनेश चण्डिमल, लाथिस मालिंगा, सुरंगा लकमल, नुवान प्रदिप, नुवान कुलशेखरा, थिसारा परेरा, लक्शन सन्दाकान, शेकुगे प्रशन्ना