PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

करिश्माले फेरि श्रीमान् बिनोदलाई भनिन् - 'लाइक होस्टल वार्डन'



पहिलोपोस्ट

करिश्माले फेरि श्रीमान् बिनोदलाई भनिन् - 'लाइक होस्टल वार्डन'

काठमाडौँ : आफ्नै लापरवाहीले मतदाता परिचय पत्र काठमाडौँबाट नहुँदा पहिलो चरणको स्थानीय निर्वाचनमा मत हाल्न नपाएकी नयाँ शक्ति पार्टीकी नेतृ तथा नायीका करिश्मा मानन्धरले श्रीमान् बिनोद मानन्धर 'होस्टल वार्डन' जस्तो भएको टिप्पणी गरेकी छिन्।

बैशाख ३१ गतेको निर्वाचनमा मतदान गर्न नपाएपछि करिश्माले बिनोदलाई तानाशाही भएको आरोप आफ्नो फेसबुक मार्फत लगाएकी थिइन्।

दाङमा पुगेकी करिश्मालाई पत्रकारहरुले बिनोदसँगको सम्बन्धबारे सोधेका थिए। जवाफमा उनले बिनोद आफ्नो साथी जस्तो भएको मात्र बताइनन् बिनोदबारे टिप्पणी पनि गरिन्।
 

'जे भएपनि नेपाल भनेको मेल डोमिनेटेड सोसाइटी हो। म उहाँको भर पर्दिन भनेपनि भर पराउनुहुन्छ। इट्स लाइक होस्टल वार्डन। यो खाऊ, उ खाऊ। उहाँलाइ थाहा छैन कि उहाँको श्रीमती ठूलो भैसक्यो।

चार वर्ष अघि गएर मतदाता नामावलीमा रजिष्ट्रेशन गराएको थिएँ। तीन चार घण्टा लाइन लागेर।

बिनोदजीले उहाँको र छोरीको नागरिकता सप्तरीबाट चेन्ज गराउँदा मैले भनेको थिएँ बिनोदजी मेरो पनि तान्दिनुस् भनेँ।

घरको सबै कुरा उहाँले गर्नुहुन्छ। मेरो गाडीको सर्भिसिङ पनि उहाँले गर्नुहुन्छ। सबै थाहा हुने अनि त्यो एउटा …. नामावली अन्तिम भएर बन्द भएपछि उहाँले ल्याइदिनुभयो। लापरवाहीको हद भयो।

एज अ फ्रेण्ड लेसन सिकाउनपर्छ जस्तै लाग्यो। बिहान मैले भनेँ… बिनोद आइ एम गन राइट अ स्ट्यास … है। तानाशाही गरेपछि। उसले अझ मलाइ केयरलेस गरेपछि मेरो पालो लेखिदएँ। बिनोदजी थर्कुन पनि भएको छ त्यो बाट।

हाम्रो नराम्रो सम्बन्ध छैन। उसले मलाइ धेरै माया गर्छ। २७ बर्ष भयो। सानो कुरा छाड्ने होइन।

मैले लेखेर महिलाहरुलाई बताउन खोजेको। आफैँ जिम्मेवार हुनुपर्छ। बिनोदजीको एटेन्सन त पाएँ नि। अन्यथा नलिनुहोला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell