
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधान न्यायाधीशमाथि सरकारले गम्भीर अपराध गरेको आरोप लगाएका छन्। अर्थ मन्त्रालयले पेन्सनपट्टा बनाउन रोकेर अपराध गरेको उनको दावी थियो।
'पेन्सनपट्टा बनाउन अर्थ मन्त्रालय जाँदा महाभियोग दर्ता भएकाले बनाउन अस्वीकार भएछ,' संसदलाई सम्बोधन गर्ने क्रममा केपी ओलीले भने, 'त्यो भन्दा बढी ह्युमिलिएसन केबाट होला?'
ओलीको संसदमा सम्बोधन जारी छ।
प्रधान न्यायाधीश कार्की अदालत पुगेर आजबाट विदा भएकी छिन्। कुनै औपचारिक कार्यक्रमविना नै उनी घर फर्केकी हुन्।
महाभियोग प्रस्ताव फिर्ता लिने सूचना प्रस्तावकले दिइसकेको भए पनि संसदको बैठकले सहमति दिन भने बाँकी छ। संसदको आजको बैठकको कार्यसूचीमा महाभियोग प्रस्ताव फिर्ता गर्ने सम्बन्धी सूचनालाई सभाको सहमतिको लागि प्रस्तुत गर्ने रहेको छ।
व्यवस्थापिका संसदको नियमावलीको नियम ८२ मा दर्ता भइसकेको प्रस्ताव सभामुखको अनुमति लिई प्रस्तावकले लिखित निवेदनद्वारा फिर्ता लिन सक्ने भनिए पनि बैठकमा पेश भइसकेको प्रस्ताव बैठकको अनुमति बिना फिर्ता लिन नसकिने उल्लेख छ।
महाभियोग प्रस्ताव प्रमुख प्रतिपक्षी एमालेको नाराबाजीका बीच सभामुख ओनसरी घर्तीले संसदको बैठकमा टेबल गरी वैशाख २२ गते छलफलको मिति तोकेकी थिइन्।
तर सर्वोच्च अदालतले सोही दिन महाभियोगको प्रक्रिया अघि नबढाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो।
गत १७ बैशाखमा कांग्रेस र माओवादीका २ सय ४९ सांसदले कार्की विरुद्ध महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए।