PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ओलीको दबावपछि जेष्ठ सांसद सदनमा अनुपस्थित : राय भन्छन् ‘मैले अवसर त्यागेँ’



बीपी साह

ओलीको दबावपछि जेष्ठ सांसद सदनमा अनुपस्थित : राय भन्छन् ‘मैले अवसर त्यागेँ’

काठमाडौं : प्रतिनिधि सभाका सांसदहरुलाई शपथ ग्रहण गराउने तयारीमा रहेका राजपाका नेता महेन्द्रराय यादवले अन्तत: सदनमा नै सहभागी नहुने भएका छन् ।

नागरिकताका आधारमा उनी सदनका जेष्ठ सदस्य हुन्। नागरिकतालाई नै आधार मानी संसद सचिवालयले उनलाई अन्य सांसदहरुलाई शपथ ग्रहण गराउने जिम्मेवारी दिएको थियो। 

तर शपथ ग्रहणको केही घण्टाअघि यादव पछि हटेका छन्।

‘मैले सदनलाई सम्मान गरेको हुँ,’ पहिलोपोस्टसँग यादवले भने, ‘मैले आफ्नो इमानदारिता देखाएर त्याग गरेंँ। तर सरकारले जन्म मिति सच्याउने सहज व्यवस्था ल्याउनुपर्‍यो।’

‘जन्म मितिमा सरकारले विवाद झिक्ने तर सच्याउनमा सहजता नदिने,’ यादवले भने, ‘अब सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ।’

यादव अहिले पनि संसदमा जेष्ठ सदस्य भएकोले उनी आज संसदमा अनुपस्थित हुनेछन्। यादवलाई सोमवार दिउँसो संसद सचिवालयमा शपथ ग्रहण गराइनेछ।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले यादवको जन्म मितिका विषयमा आलोचना गरेका थिए। यादवलाई होच्याउने शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीकै कारण संसद सचिवालयले त्यस विषयमा छलफल गर्न आज राष्ट्रिय दलहरुको बैठक बोलाएको थियो।

स्रोतका अनुसार संसद सचिवालयमा प्रधानमन्त्रीको दबाबका कारण यादव पछि हट्न् परेको हो।

सम्बन्धित समाचार

केपी ओली मधेशी नेता देख्नासाथ भाग्नुहुन्छ : महेन्द्र यादव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell