PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

तस्करीको सामान बोकेर दिल्लीबाट काठमाडौं आएको अर्को बस प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

तस्करीको सामान बोकेर दिल्लीबाट काठमाडौं आएको अर्को बस प्रहरी नियन्त्रणमा

काठमाडौः दिल्लीबाट काठमाडौं आउने नाममा अवैध सामान तस्करीकै लागि प्रयोग भएको अर्को टुरिष्ट बस प्रहरीले नियन्त्रणमा लिएको छ। बुधवार राति काठमाडौंको नागढुङगाबाट ना ६ ख ६३०२ बस नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेले जानकारी दिए।

बस भित्र के-के अवैध सामाग्री छ भन्ने परिसरले पत्रकार सम्मेलन गरि खोल्ने तयारी गरेको एसएसपी पोखरेले बताए।

गत मंगलवार मात्र प्रहरीले दिल्लीबाट काठमाडौं आएको ना ४ ख ४५१६ नम्बरको बस नियन्त्रणमा लिई खोजतलास गर्दै अवैध रुपमा ल्याएको ११ केजी रक्तचन्दन सहित ठुलो मात्रमा कपडा बरामत गरेको थियो।

प्रहरीले बसका चालक र सहचालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell