PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रहरीको गोली प्रकरणमा ट्विस्ट, मुख्यमन्त्री भन्छन् : आन्दोलनकारीले हानेको किलासहितको काठले प्रहरी सिकिस्त



पी बी खड्का

प्रहरीको गोली प्रकरणमा ट्विस्ट, मुख्यमन्त्री भन्छन् : आन्दोलनकारीले हानेको किलासहितको काठले प्रहरी सिकिस्त

सुर्खेत : प्रहरीको गोली लागेर प्रहरी नै घाइते भएको विषयमा नयाँ ट्विस्ट आएको छ। दिउँसो एकाएक गोली चलेको र केही मिडियाले त प्रहरी जवान कमल आचार्यको मृत्यु भएसम्मका खबर सार्वजनिक गरेका थिए। तर, कर्णालीका मुख्यमन्त्रीले गोली नै नचलेको दावी गरेका छन्। 

‘सरकारले कुनै पनि दमन गरेको छैन। गोली पनि चलेको होइन, अश्रु ग्याँस पनि हानेको होइन,’ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘केसीको समर्थन पक्षकाले किला सहितको काठ प्रहारबाट एक जना प्रहरी घाइते हुनुभएको छ। अवस्था सिकिस्त छ।’

तर, शाहीले भनेजस्तो सरकारले दमन नगरेको भने होइन। राष्ट्रिय मानव अधिकार आयोगले घटनालाई नियालिरहेको भन्दै सुरक्षाकर्मीले दमन गरेको जनाएको छ।

विमानस्थलमा सरकारले दमन नगरेको बताए पनि मुख्यमन्त्री शाहीले ‘सुरक्षा निकायले बलजफ्ती’ गरेको बताएका छन्। 
‘विद्यार्थी, कर्मचारी, डाक्टर र त्यहाँका अराजक तत्वले तालाबन्दी गरेर गेट बन्द गरे,’ उनले भने, ‘त्यसपछि हामी फर्केर आयौं। पछि प्रहरीले बलजफ्त्ती गरेर भित्र पसियो।’

काठमाडौं लगियो केसीलाई

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुन मन्त्री नरेश भण्डारीलाई सुर्खेत उतारेर डाक्टर गोविन्द केसीलाई ल्याएको हेलिकप्टर काठमाडौंका लागि उडेको छ। दुवैजना डाक्टर केसीलाई लिएर आएको हेलिकप्टरबाट सुर्खेत फर्केका हुन्। हेलिकप्टरमा त्यही इन्धन भरेर काठमाडौंका लागि उडान गरेको हो।

सुर्खेत ओर्लिएलगत्तै मुख्यमन्त्री शाहीले डाक्टर केसी अनशन बसेको ठाउँसम्म आफूहरुलाई जान नदिएको जनाए। 

सरकारले केसीको जीवन रक्षाका लागि काठमाडौं जान अनुरोध गर्न गएको र प्रदेश सरकारले वातावरण सहज गरेपछि केसीले आफैँले काठमाडौं जान्छु भनेको उनको दावी थियो। 

अहिले डाक्टर गोविन्द केसी अनशनरतस्थल जुम्लामै घाइतेहरुको उपचार भइरहेको उनले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell