PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

नेपाल vs नेदरल्याण्ड्स : थाहा पाउनुस् दोस्रो ओडिआईबारे सम्पूर्ण जानकारी



पहिलोपोस्ट

नेपाल vs नेदरल्याण्ड्स : थाहा पाउनुस् दोस्रो ओडिआईबारे सम्पूर्ण जानकारी

काठमाडौं : बुधवार नेदरल्याण्ड्ससँग पहिलो वान डे इन्टरनेशनल क्रिकेट खेल्दै ओडिआई खेल्ने क्लबमा प्रवेश गरेको नेपालले आज दोस्रो ओडिआई खेलमा नेदरल्याण्ड्ससँग केही बेरपछि खेल्दैछ।

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पुनरागमन गर्दै जित हात पार्ने योजनामा छ।

पहिलो खेलमा चोट लागेका शरद भेषावकर आजको खेलमा खेल्ने छैनन् भने भेट्रान स्पीनर शक्ति गौचनले समेत खेल्ने सम्भावना कम छ। यस्तोमा पहिलो खेलमा बेन्चमा बसेका सुवि खकुरेल, रोहित कुमार पौडेल र ललित रराजवैशीले खेल्ने अवसर पाउनेछन्।

नेपालको पहिलो ओडिआई सिरिजको पहिलो खेल प्रत्यक्ष प्रशारण गरेका कान्तिपुर टिभीले आजको खेल पनि प्रत्यक्ष प्रशारण गर्नेछ।

ओपचारिक ओडिआई खेल्नुअघि नेपालले नेदरल्याण्ड्ससँग खेलेको ५० ओभरको ५ मध्ये २ खेलमा पराजित गरेको थियो। त्यसमध्ये एक जित नेदरल्याण्ड्सको ३रेलु मैदानमै थियो। जहाँ नेपालले पहिलो ओडिआई खेलेको थियो र आजको खेल पनि त्यहाँ खेल्दैछ।

 

नेपाल टुर अफ नेदरल्याण्ड्स २०१८ : ऐतिहासिक एकदिवसीय श्रृखंला

नेपाल विरुद्ध नेदरल्याण्ड्स

मिति : २०१८ अगष्ट ३, शुक्रवार

समय : नेपाली समयअनुसार दिउसो २:४५ बजे

स्थान : भिआरए ग्राउण्ड, आम्सटलभिन, नेदरल्याण्ड्स

 

नेपाली टोली:

पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, मोहम्मद आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषावकर, सोमपाल कामी, सुवास खकुरेल
 

डच टोली:

पिटर सिलर (कप्तान), वेस्ले बारेसी, बेन कुपर, बास डे लिड, स्कट एडवार्डस, फ्रेड क्लासेन, स्टेफन माइवर्ग, म्याक्स ओ'डोवड, हिडे ओभरजिक, माइकल रिप्पोन, शेन स्नाटर, डानिएल टेर आराक, पउल भान मिकरेन

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell