PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

ओडिआईमा डेब्यु गर्ने रोहित विश्वकै चौथो कान्छो खेलाडी



पहिलोपोस्ट

ओडिआईमा डेब्यु गर्ने रोहित विश्वकै चौथो कान्छो खेलाडी
रोहित पौडेल, फोटो : anuragacharya/twitter

काठमाडौं : नेपालका युवा ब्याट्सम्यान रोहित कुमार पौडेल वान डे इनटरनेशनल (ओडिआई) क्रिकेटमा डेब्यु गर्ने विश्वकै चौथो कान्छा खेलाडी बनेका छन्।

नेपालको पहिलो ऐतिहासिक ओडिआई सिरिज अन्तर्गत आजको दोस्रो खेलमा नेदरल्याण्ड्स विरुद्ध डेब्यु गर्दै उनले उक्त उपलब्धी हासिल गरे। रोहित १५ वर्ष ३३५ दिनको उमेरमा ओडिआणमा डेब्यु गरेका हुन्।

ओडिआईमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी पाकिस्तानका हसन राजा हुन्। यस्तै केन्याका गुरदिप सिंह र क्यानडाका नितिश कुमारले पनि रोहित भन्दा कम उमेरमा ओडिआईमा डेब्यु गरेका थिए।

  • पाकिस्तानका हसन राजाले सन् १९९६ मा जिम्बाबेसँग १४ वर्ष २३३ दिनको उमेरमा डेब्यू गरेका थिए।
  • केन्याका गुरदीप सिंहले सन् २०१३ मा अफगानिस्तानविरुद्ध १५ वर्ष २५८ दिनको उमेरमा डेब्यू गरेका थिए।
  • क्यानडाका नितिश कुमारले सन् २०१० मा अफगानिस्ताविरुद्ध १५ वर्ष २७३ दिनको उमेरमा डेब्यू गरेका थिए। 
रोहितले गत फेब्रुअरीमा नामिबियामा भएको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मार्फत नेपालको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell