PahiloPost

May 16, 2026 | २ जेठ २०८३

फेसबुकबाट सुरु भएको विवाद फेसबुकमै सुल्टियो



पहिलोपोस्ट

फेसबुकबाट सुरु भएको विवाद फेसबुकमै सुल्टियो

काठमाडौं : कलाकार देशभक्त खनाल र कलाकार संघका अध्यक्ष राम केशर बोगटीबीच सहमति भएको छ। भदौ २२ मा खनालले बोगटी विरुद्ध फेसबुकमा स्टेटस लेखेपछि दुईबीच विवाद सुरु भएको थियो। त्यसपछि अध्यक्ष बोगटी प्रहरीमा पुगेका थिए।

महानगरीय प्रहरी परिसरले खनाललाई २४ घण्टा नियन्त्रमा राख्यो। तर, खनालले फेसबुकमार्फत् बोगटीसँग माफी मागेपछि विवाद टुङ्गिएको हो। उनले फेसबुकमा बोगटीसँग हात मिलाएको तस्वीर पनि राखेका छन्।



कमेन्टमा लेखेका छन् 'मैले २०७५ साल भाद्र २२ गते आफ्नो फेसबुक पेजमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रामकेशर बोगटी ज्यूका बारेमा आवेशमा आई अनावश्यक शब्द लेखिन गई गल्ती हुन गएकोले म सार्वजनिक रुपमा सामाजिक संजाल मार्फत क्षमा याचना माग्दछु।'

सम्बन्धित समाचार :
प्रहरीले देशभक्तका विरुद्धमा उजुरी गर्न पुगेका राम केशर बोगटीलाई फर्काइदिए

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell