PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

साढे चार वर्षपछि सुरु भएको ए डिभिजन लिग, हेर्नुस् १५ फोटोमा

साढे चार वर्षपछि सुरु भएको ए डिभिजन लिग, हेर्नुस् १५ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : राष्ट्रिय टिम निर्माणका लागि मेरुदण्ड मानिने शहिद स्मारक ए डिभिजन लिग फुटबल साढे चार वर्षपछि शनिवार बाट सुरु भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतवार विधिवत रुपमा लिगको सुरुवात भएको हो।

विस २०७० सालमा पछिल्लो पटक लिग भएयता चार सिजन ए डिभिजन लिग हुन सकेको थिएन। २०७५ साल वैशाखमा नयाँ कार्यसमिति एन्फामा आएपछि पहिलो बैठकमै लिग सुरु गर्ने निर्णय गरेका थिए।

एन्फा कम्प्लेक्समा साविक विजेता मनाङको वर्तमान कप्तान विराज महर्जनले लिगको ट्रफी एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हस्तानतरण गरे। अब बाँकी ९० खेलपछि विजेता हुने टिमले उक्त ट्रफी पाउनेछन्। यस्तै युवा तथा खेलकुद मन्त्री जतग बहादुर सुनार विकले म्याच बल रेफ्री सुदिश पाण्डेलाई दिएर लिगको औपचारिक उद्घाटन गरेका थिए।

उद्घाटन खेलमा एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले २-२ को बराबरी खेल्दै अंक बाँडे।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले साढे चार वर्षपछि लिग गराउन सफल भएकोमा ऐतिहासिक मान्दै यसले नेपालको फुटबलमा फड्को मार्न सहयोग गर्ने विश्वास व्यक्त गरे। 'अब हामी ए डिभिजन लिग सँगै एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिग समेत आयोजना गर्नेछौँ।'

एन्फा कम्प्लेक्समा सुरु भएको ए डिभिजन लिगका खेलहरु सशस्त्र प्रहरी बलको मैदान हलचोकसहित दुई मैदानमा सञ्चालन हुनेछ। 

ए डिभिजनका १४ क्लबलको सहभागिता रहने सिंगल राउण्ड रोविन लिगका कूल ९१ खेल हुनेछन्।

विजेताले ट्रफी र नगद ५० लाख हात पार्नेछन्। हरेक खेल जित्ने टोलीले नगद ५० हजार र म्यान अफ दि म्याचले नगद १० हजार हात पार्नेछन्। यस्तै खेल बराबरी भए दुवै टोलीले समान १५ हजार प्राप्त गर्नेछन्।

लिगमा विभागत उत्कृष्ट हुने चार खेलाडी र एक प्रशिक्षकले एक-एक थान मोटरबाइक प्राप्त गर्नेछन्। लिगको मुख्य प्रायोजकमा पल्सर बाइक रहेको छ भने मार्केटिङ तथा प्रमोसन राइट्स रामसार मिडियामा रहेको छ। यस्तै डिजिटल राइट्स किनेको माइकुजुले अनलाइनमा सबै ९१ खेल लाइभ गर्नेछ भने एपीवान टिभीमा पनि खेल लाइभ ब्रोडकास्ट हुनेछ। 


ट्रेन्डिङ पोस्ट

Ncell