PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप छनोटको दोस्रो चरणमा खेल्ने यी हुन् नेपालसहितको ८ टिम



पहिलोपोस्ट

एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप छनोटको दोस्रो चरणमा खेल्ने यी हुन् नेपालसहितको ८ टिम
PHOTO : NSJF

काठमाडौँ : सन् २०१९ मा थाइल्याण्डमा आयोजना हुने एएफसी यू१९ वुमन्स च्याम्पियनसिपको लागि पहिलो चरणको क्वालिफायर खेलहरु समाप्त भएका छन्।

२०१७ को च्याम्पियनसिपमा शीर्ष तीनमा रहेको जापान, उत्तर कोरिया र चीन बाहेक २७ राष्ट्रले पहिलो चरणको क्वालिफायर खेले। त्यसबाट उत्कृष्ट ८ टिम दोस्रो चरणको छनोटका लागि छनोट भएका छन्।

आयोजकको हैसियतले थाइल्याण्ड भने सिधै अन्तिम चरणमा खेल्न पाउँनेछ। तरपनि थाइल्याण्डले पहिलो चरणको छनोट खेलको थियो र त्यही समूहमा नेपाल पनि थियो। थाइल्याण्ड सिधै छनोट भएपछि समूह बी मा दोस्रो भएको नेपाल पनि समूह विजेताको हैसियतमा दोस्रो चरणको छनोटमा प्रवेश पाएको हो। उक्त समूहमा बराबर अंक भएपनि गोलअन्तरमा नेपालले भारतलाई पछि पारेको हो। पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएपनि नेपाल त्यसपछि भारत र पाकिस्तानलाई पराजित गरेको थियो।

पहिलो राउण्डको क्वालिफायरमा ६ समूहमा विजेता र उत्कृष्ट दुई उपविजेता दोस्रो चरणमा छनोट भएका छन्। जसमा अष्ट्रेलिया, इरान, नेपाल, दक्षिण कोरिया, उज्वेकिस्तान र भियतनाम समूह विजेता तथा लेवनान र म्यानमार उत्कृष्ट दुई समूह उपविजेताको रुपमा दोस्रो चरणमा पुगेका हुन्।

अब यी ८ टिमलाई दुई समूहमा विभाजन गरेर दोस्रो चरणको छनोटमा खेलहरु हुनेछन्। त्यसबाट दुवै समूहको उत्कृष्ट दुई टोलीहरु अन्तिम चरणको लागि छनोट हुनेछन् र कूल ८ टिमबीच च्याम्पियनसिप हुनेछ। दोस्रो चरणको छनोट खेलहरु २०१९ मार्चमा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell