.jpg)
पहिलोपोस्टमा #WhoKilledNirmala मंसिर ८ गतेदेखि सुरु भएको हो। यो साता हामीले सात वटा स्टोरी यो शृङ्खलामा राख्यौँ। आइतबारदेखि अर्को भाग सुरु हुनेछ।
यो साता हामीले प्रस्तुत गरेका स्टोरी यस्ता थिए-
सिरिज सुरु हुनुभन्दा अघि हामीले नमीता सुनाीता कान्डबारे लेखेका थियौँ। जबजब बलात्कार र हत्याका घटनामा दोषी पहिचान हुँदैन यी दुवैका नाम फेरि स्मरण गरिन्छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यापछि फेरि धेरैले यी दुईको नाम र घटना सम्झिए – नमीता-सुनीता बलात्कार र हत्या, अपराधी अज्ञात!
यस्तो थियो स्टोरी- निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ :
निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा
यो भागमा हामीले निर्मलाको जुन फोटो मिडियामा आएको छ, वास्तवमा उनी त्यति ठूली छैनन्, उनी सानी किशोरी हुन् भनेर फोटोको पूर्ण रुप र त्यही बेला खिचिएको भिडियोको अंश पनि राखेका थियौँ। साथमा उनका दुई नयाँ फोटो पनि थियो। शृङ्खला २ :
कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
घटनास्थल कस्तो थियो? कहाँबाट कहाँ जाँदा निर्मला हराइन्? घटनास्थल नपुगेकाहरुले पनि थाहा पाउन् भनी हामीले गुगल म्याप र भिडियोबाट देखाउन खोजेका थियौँ।
शृङ्खला ३ :
क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
यो भागमा हामीले निर्मलाको शव भेटिएको ठाउँबारे प्रष्ट पार्न खोजेका थियौँ। झ्याम्म परेको उखुबारी। त्यसको बीचमा एउटा अग्लो सिसौको रुख। त्यसैको मुनितिर साउन ११ गते बिहान भेटिइन् निर्मला, प्राण गइसकेको अवस्थामा। के घटनास्थल त्यही हो? या अन्तै घटना गराएर शव त्यहाँ फ्याँकिएको हो?
शृङ्खला ४ :
निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्यो अनुसन्धानको घेरामा
यो भागमा हामीले निर्मला घर फर्कने बाटोमा रहेका दुई घरमध्ये एक चक्र बडु कसरी प्रहरी हिरासतमा परे र कसरी छुट्न सफल भए भन्ने लेखेका थियौँ।
शृङ्खला ५ :
'रे' मा रुमल्लिएको निर्मला प्रकरण
यो भागमा चार महिना भइसक्यो, महेन्द्रनगरका चोकचोकमा अझै निर्मलाको चर्चा छ। कस्तो छ चर्चा? कसलाई दोषी मान्छन्, उनीहरु? कस्ता कस्ता हल्ला चलेका छन् त्यसबारे लेखेका थियौँ।