PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कंक्रिट पदमार्ग निर्माण रोक्न पुरातत्त्वको निर्देशन 



सहयोग रञ्जित

कंक्रिट पदमार्ग निर्माण रोक्न पुरातत्त्वको निर्देशन 

काठमाडौं : पुरातत्व विभागले विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको मृगस्थली श्लेशमान्तक वनदेखि विश्वरुप मन्दिरसम्मको पदमार्ग निर्माण कार्य रोक्न फेरि निर्देशन दिएको छ। 

यसअघि पनि विभागले पशुपति क्षेत्र विकास कोषलाई कंक्रिटको प्रयोग गरी वन क्षेत्रमा बन्दै गरेको पदमार्ग रोक्न आदेश दिएको थियो। विभागले हाल निर्माण भइरहेको पदमार्ग सम्बन्धमा आफूहरुले मंसिर ४ गते पठाएको पत्रको बेहोरा विपरीत काम भएको भन्दै यस्तो निर्देशन दिएको हो। 

विभागले उक्त क्षेत्रमा अब उप्रान्त गरिने सबै निर्माण कार्य छलफल र विभागको स्वीकृतिमा गर्न भनेको छ। 

आइतवार सम्पदा संरक्षण संघर्ष समितिले श्लेशमान्तक वन र विश्वरुप मन्दिर क्षेत्रमा कंक्रिट, बालुवा, सिमेन्ट लगायतका निर्माण सामाग्रीको प्रयोग गरी बनाइएका पदमार्ग भत्काएका थिए। 

सर्वोच्च अदालतले वनको प्राकृतिक स्वरुप नबिग्रने गरी कंक्रिटका संरचना भत्काउन दिएको आदेश विपरीत पशुपति विकास कोषले वन र मन्दिरको महत्त्व घट्ने गरी पदमार्ग निर्माण गरेको अभियान्ताहरुको आरोप छ।

बनाइएका पदमार्ग भत्काएको आरोपमा प्रहरीले ६ जना अभियान्तालाई श्लेशमान्तक वनबाट नियन्त्रणमा लिएर आइतवार दिनभर गौशाला स्थित प्रहरी वृत्तमा राखी बेलुकी रिहा गरेको थियो। सोमबार छलफलका लागि वृत्तमा बोलाइए पनि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल र कोषका अन्य कोही पदाधिकारी उपस्थित नभएको संजय अधिकारीले बताए।


अभियान्ताहरुले वार्ता गर्नुभन्दा कोषका पदाधिकारीहरु अनुपस्थित हुनु र अभियान्तालाई पक्राउ गरेको अवस्थाले पशुपति विकास कोष यस विषयमा संवेदनशील नरहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell