PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बीबीएल : सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अगाडि



पहिलोपोस्ट

बीबीएल  : सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अगाडि

काठमाडौँ : नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाले अहिले आफ्नो ड्रिम लिग बिग बास सिजन ८ खेलिरहेका छन्। अष्ट्रेलियामा भइरहेको बीबीएलमा सन्दीपले उत्कृष्ट सुरुवात गरे।

लिगमा दुई खेलि खेलिसकेका सन्दीपले ५ विकेट लिइसकेका छन्। डेब्यु खेलमै २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ३ विकेट लिएका हुन्।

मेलवर्न स्टार्सबाट खेलिरहेका सन्दीपले बीबीएलको डेब्यु खेलमा सिड्नी थण्डर विरुद्ध २ विकेट लिए। सन्दीपले पहिलो खेलको पहिलो ओभरमै विकेट लिए। उनले शेन वाट्सन र कलुम फर्गुसनको विकेट एकै ओभरमा लिए।

यस्तै होबार्ट विरुद्ध म्याथ्यु वेड, बेन म्याकडोरमेट र एलेक्स डुलानको विकेट लिए सफल सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अगाडि छन्।

उनले मेलवर्न रेनेगाड्सका केन रिचर्डसन, होबार्ट हुरिकेनका जोफ्रा आर्चर र एडेलेइड स्टाइकर्समा रसिद खानसँगै सर्वाधिक ५ विकेट लिएका छन्। बेस्ट इकोनोमीका आधारमा रसिद खान र आर्चर सन्दीपभन्दा अगाडि छन्।

पहिलो खेलमा ४ ओभर्मा ३६ रन खर्चेर २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा अझ राम्रो प्रदर्शन गर्दै २४ रन खर्चेर ३ विकेट लिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell