PahiloPost

Jun 24, 2026 | १० असार २०८३

लिग च्याम्पियन मनाङले एएफसी कप खेल्न पाउने



पहिलोपोस्ट

लिग च्याम्पियन मनाङले एएफसी कप खेल्न पाउने

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगको उपाधि पक्का गरेको मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप २०१९ खेल्न पाउने भएको छ।

लिग अन्तर्गत ११औँ चरणको खेलमा संकटा क्लबलाई ३-१ ले पराजित गर्दै दुई खेल अगावै लिगको उपाधि पक्का गरेको मनाङले एएफसी कपमा दक्षिण एसियाका अन्य तीन क्लबसँग खेल्नेछ।

यसअघि नै सार्वजनिक भइसकेको ड्र अनुसार मनाङले भारतको आइ लिग च्याम्पियन मिनेर्भा पञ्जाव, बंगलादेशको लिग च्याम्पियन र दक्षिण एसियाको प्लेअफको विजेतासँग समूह चरणमा खेल्नेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell