PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ए डिभिजन लिग : १३औँ चरणको खेलतालिका परिवर्तन



पहिलोपोस्ट

ए डिभिजन लिग : १३औँ चरणको खेलतालिका परिवर्तन

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगको १३औँ तथा अन्तिम चरणका खेल तालिकामा केहि परिवर्तन गरेको छ।

एन्फाले बिहीवार अन्तिम चरणको खेलतालिका सार्वजनिक गरेको थियो। तर एक दिनपछि नै एन्फाले खेलतालिका हेरफेर गर्दै परिवर्तित तालिका सार्वजनिक गरेको हो।

पुरानो तालिका अनुसार च्याम्पियन भइसकेको मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लबबीचको खेल आइतवार हलचोक मैदानमा खेलाउने तालिका थियो। तर अब मनाङको खेल मंगलवारको लागि सारिएको छ। उक्त खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरु हुनेछ। उक्त खेलपछि लिग सकिनेछ र मनाङलाई च्याम्पियन ट्रफी प्रदान गरिनेछ।

मनाङले लगातार १२ खेल जितिसकेको छ। उक्त खेल जितेमा लिगमा सबै खेल जितेर च्याम्पियन हुने नयाँ कीर्तिमान बन्नेछ।

यस्तै आइतवारकै लागि तय भएको एनआरटी र ब्रिगेड ब्वाइजबीचको खेल पनि मंगलवार दिउँसो २ बजेको लागि सारिएको छ। उक्त खेल हलचोकमा हुनेछ।

यस्तै मंगलवारको लागि तय भएको हिमालयन शेर्पा र थ्री स्टारबीचको खेल भने आइतवारै हुनेछ। यसअघिको खेलतालिकामा सोमवार हुने भनिएको आर्मी र मछिन्द्रबीचको खेल पनि आइतवारै हुनेछ।

परिवर्तित खेलतालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell