PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बीपीएलमा सन्दीपको बलिङ भन्दा ब्याटिङ पहिले



पहिलोपोस्ट

बीपीएलमा सन्दीपको बलिङ भन्दा ब्याटिङ पहिले

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा बलिङ भन्दा पहिले ब्याटिङ गरेका छन्।

आइतवार कमिल भिक्टोरिएन्स विरुद्धको खेलमा सन्दीपले सिलेट सिक्सर्सको लागि ब्याटिङ गर्दै एक रन बनाए।

टस हारेर पहिले ब्याटिङ गरेको सिलेटले खराब ब्याटिङ गरेपछि सन्दीपले पनि ब्याटिङ गर्ने अवसर पाएका हुन्।

उनले १९औँ ओभरमा क्रिजमा जाँदै २ बल खेल्न पाए। सन्दीपले २ बलमा नटआउट १ रन बनाए।

सन्दीपको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell