PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

ला लिगा : मेसीको कीर्तिमान, सुअरेजको दुई गोलमा बार्सिलोना विजयी



पहिलोपोस्ट

ला लिगा : मेसीको कीर्तिमान, सुअरेजको दुई गोलमा बार्सिलोना विजयी

कप्तान लियोनल मेसीको कीर्तिमानी चार सयौँ ला लिगा गोल गरेको खेलमा बार्सिलोनाले आइबरलाई ३-० ले पराजित गरेको छ। बार्साका लागि लुइस सुअरेजले २ गोल गरे।

घरेलु मैदानमा भएको खेलमा सुअरेजले १९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा बार्साले दुई गोल थप्यो। ५३औँ मिनेटमा मेसीले गोल गर्दै ला लिगामा चार सय गोल पुरा गरे

उनी ला लिगामा यस्तो उपलब्धी हात पार्ने पहिलो र एकमात्र खेलाडी समेत बने। युरोपको टप फाइभ लिग मध्ये एउटै लिगमा धेरै गोल गर्ने खेलाडी पनि मेसी नै हुन्।

विभिन्न देशको लिगमा खेलेको आधारमा भने क्रिस्टियानो रोनाल्डोले ४०९ गोल गरेका छन्। हाल युभेन्ट्सबाट खेलिरहेका रोनाल्डोले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडबाट पनि खेलेका थिए।

बार्साका लागि तेस्रो गोल सुअरजले ५९औा मिनेटमा गरेका थिए।

जितपछि १९ खेलबाट ४३ अंक जोडेको लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ५ अंकको अग्रता कायमै राखेको छ। एन्टोनी ग्रीजमनको पेनाल्टी गोलमा एट्लेटिकोले लेभान्टेलाई १-० ले पराजित गरेको थियो। यस्तै तेस्रो स्थानको सेभिया भने एथ्लेटिक विल्वाओसँग २-० ले पराजित भएको छ। १९ खेलबाट सेभियाको ३३ अंक छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell