PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रिमियर लिग : लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई हरायो



पहिलोपोस्ट

प्रिमियर लिग : लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई हरायो

प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा आर्सनलले चेल्सीलाई २-० ले पराजित गरेको छ। लण्डन डर्बीमा आर्सनललाई जित दिलाउन एलेक्जान्डर लाकाजेट र कप्तान लरेन्ट कोसिन्लेले एक-एक गोल गरे।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा लाकाजेटले १४औँ मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ३९औँ मिनेटमा कोसिनलेले गोल थपे।

जितपछि आर्सनल म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै पुन: पाँचौ स्थानमा उक्लेको छ भने तेस्रो स्थानको टोटनहम र चौथो स्थानको चेल्सीसँग अंकदूरी घटाएको छ। युनाइटेड त्यसअघि ब्राइटनलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लेको थियो।

चेल्सीले भने तेस्रो स्थानमाउक्लने मौका गुमायो।

टोटनहमको २२ खेलबाट ४८ अंक छ। २३ खेलपछि चेल्सीको ४७ तथा आर्सनल र युनाइटेडको समान ४४ अंक छ। गोलअन्तरमा आर्सनल अगाडि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell