PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

चिनजानकै व्यक्तिबाट अपहरण, श्रीमतीले पैसा बुझेपछि अपहरणकारी बालिका छोडेर फरार!



पहिलोपोस्ट

चिनजानकै व्यक्तिबाट अपहरण, श्रीमतीले पैसा बुझेपछि अपहरणकारी बालिका छोडेर फरार!
फोटो प्रतिकात्मकः Law Offices of Rossana Mitchell

काठमाडौं : थापाथलीस्थित प्रसुती गृहकी डाक्टर बविता शाहकी दुई वर्षीया छोरीको अपहरणपछि सहकुशल उद्धार गर्न प्रहरी सफल भएको छ। बालिका अपहरणमा परेको करिब ७ घण्टापछि प्रहरीले काठमाडौँको गौशालाबाट बालिकाको उद्धार गरेको हो।

आज बिहान कोटेश्वरको खरिबोटस्थित शाहको घरबाट बालिका अपहरणमा परको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले जानकारी दिए। घरमा कोही नभएको मौका छोपी अपहरणकारीले बालिकाको अपहरण गरेका हुन्।

बालिकाको उद्धार गरे पनि प्रहरीले अपहरणकारीलाई भने नियन्त्रणमा लिन सकेन। तर, प्रहरीले अपहरणकारीको भने पहिचान गरिसकेको छ। जनकपुरका मनिष गुप्ताले बालिकाको अपहरण गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। गुप्ता सामान्य परिवारका व्यक्ति हुन्। उनी डाक्टर शाहको घरमा दुई तीन पटक आएको प्रहरी अनुसन्धानमा देखिएको अनुसन्धानमा खटिएका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

शाह र गुप्ताको घर धनुषामा छ। गुप्ता बैदेशिक रोजगारीको शिलशिलामा काठमाडौं आउने गरेको देखिएको छ।

फिरौती र रिसिइवीका कारण बालिकाको अपहरण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ‘केही फिरौती रकम समेत मागेको बुझिएको छ। हामी अनुसन्धान गरिरहेका छौँ,' डिएसपी बोगटीले भने।

बिहान साढे ८ बजे बालिकाको अपहरण गरेपछि  अपहरणकारीले २ लाख ५० हजार रुपैयाँ फिरौती मागेका थिए। फिरौती रकम मागेसँगै प्रहरीमा पुगेको शाह परिवारले प्रहरीको सल्लाह अनुसार नै रकम पठाइदिएको थियो। रकम अपहरणकारी गुप्ताकी श्रीमतीले बुझेको प्रहरीले जनाएको छ।

फिरौती रकम बुझेपछि परिवारसँग सम्पर्क भएको मोबाइल नम्बर अफ भएको थियो। मोबाइल लोकेसनको आधारमा नै प्रहरीले गौशाला क्षेत्रबाट बालिकाको उद्धार गरेको डिएसपी बोगटीले बताए। डिएसपी बोगटीले भने, ’अपहरणकारी पनि हामी छिटै समात्छौँ।‘

गत मङ्सिरमा गोङ्गबुबाट अपहरणमा परेका बालकको हत्या भएको थियो। ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरी फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

सम्वन्धित समचार

कोटेश्वरको घरबाट नै डाक्टर शाहकी दुई वर्षीया छोरीको अपहरण : ७ घण्टामा गर्‍यो प्रहरीले उद्धार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell