PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'वाइडबडी हराएकै हो' भन्ने प्रश्नमा सरकारका प्रवक्ता बास्कोटाको व्यङ्ग्य: मैले त सडकतिर बोकेर हिँडेको देख्या थे!



बीपी साह

'वाइडबडी हराएकै हो' भन्ने प्रश्नमा सरकारका प्रवक्ता बास्कोटाको व्यङ्ग्य: मैले त सडकतिर बोकेर हिँडेको देख्या थे!
फाइल फोटो

काठमाडौं: सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले वाइडबडी काण्ड अझै तातै रहेको बताएका छन्। आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नेपाली कांग्रेसलाई ब्यङ्ग्य गर्दै वाइडबडी काण्ड तातै रहेको बताएका हुन्।

माघ २१ गते सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक पछि वाइडबडीबारे पत्रकारको प्रश्नको जवाफमा बास्कोटाले भने, 'वाइडबडी काण्ड सेलाएको छैन। वाइडबडी हराएकै छैन, मैले त ठुला ठुला वाइडबडी सडकतिर बोकेर हिँडेको देख्या थे।'

माघ २१ गते नेपाली कांग्रेसले विरोध प्रदर्शनमा वाइडबडीको पुत्ला बनाएर यस प्रकरणको छानबिन गर्न सरकारसँग माग गरेको थियो। यसै विषयप्रति इंगित गर्दै प्रवक्ता बास्कोटाले यस्तो व्यङ्ग्य गरेका हुन्।

त्यसपछि भने प्रवक्ता बास्कोटाले वाइडबडी काण्ड छानबिन जारी रहेको स्पष्ट पारे।

त्यसैगरी मन्त्री बास्कोटाले मेलम्ची खानेपानी आयोजना सरकारले जसरी भए पनि काम पुरा गर्ने बताए। उनले भने, 'ठेकेदार कम्पनीसँग छलफल जारी छ। कम्पनीले नमाने सरकाले काम अगाडि बढाउँछ।'

संविधान संशोधनको विषयमा तत्काल संशोधनको आशव्यकता नरहेको बास्कोटाको भनाइ थियो। फोरमले उठाएको संविधान संशोधनको विषयमा उनले भने, 'तत्काल संशोधन गर्नुपर्ने देख्दिन। फागुन २१ गतेसम्म धेरै कानुनहरु बनिसक्छ। त्यसपछि आवश्यताअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढ्छ।'

यसैगरी भेनेजुएलामा सरकारले आफ्नो आधिकारीक धारणा आइसकेकोले यसबारे थप बोलिराख्नु नपर्ने प्रतिक्रिया दिए। सञ्चारकर्मीको तलबबारे सर्वोच्चको आदेशबारे सरकार  भ्याकेटमा जाने तयारीमा रहेको प्रवक्ता बास्कोटाको भनाई थियो। यसबारे सञ्चार उद्यमीलाई समस्या हुन नदिने र विज्ञापनबाट आम्दनी स्रोत बढाउने गरी आवश्यक छलफलसमेत गर्ने तयारीमा रहेको उनले बताए।

एनसेल करबारे अदालतको पूर्णपाठ आएपछि त्यसअनुसार कारबाही अगाडी बडाउने उल्लेख गरे। मन्त्री बास्कोटाले भने, 'एनसेल प्रकरण अदालतको फैसलाको पूर्णपाठ आएपछि सरकाले आफ्नो काम गर्छ। हिसाबकिताब कति आउँछ त्यसअनुसार सरकारले असुल गर्छ।'

यता प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई शक्ति बढाएको विषयमा भने उनले केन्द्र सरकारको प्रतिनिधि नै सिडियो भएको बताए। भने, 'सिडिओलाई पावरफुल बनाउन खोजिएको केन्द्र सरकारको प्रतिनिधि सिडिओ नै हुन्। यस विषयमा कसैलाई अधिकार दिएको वा कसैको अधिकार खोसिएको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell