PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

एएफसी यू १९ वुमन्स च्याम्पियनसिप : दोस्रो चरण छनोटमा नेपाल कठिन समूहमा



पहिलोपोस्ट

एएफसी यू १९ वुमन्स च्याम्पियनसिप : दोस्रो चरण छनोटमा नेपाल कठिन समूहमा

काठमाडौँ : एएफसी यू १९ वुमन्स च्याम्पियनसिपको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ।

एएफसीले बुधवार सार्वजनिक गरेको ८र अनुसार नेपाल अष्ट्रेलिया, उज्विकेस्तान र म्यानमार समूह ए मा परेको छ।

पहिलो चरणको छनोटमा अष्ट्रेलिया समूह ए मा तीन र उज्वेकिस्तान समूह सी मा चार खेल जित्दै समूह विजेता बनेको थियो। दुवै अपराजित रहेका थिए।

थाइल्याण्डमा भएको पहिलो चरणको छनोटमा नेपाल आयोजक भन्दा पछि रहेपनि थाइल्याण्ड आयोजकका नाताले सिधै अन्तिम चरणमा छनोट भइसकेकोले नेपाले दोस्रो चरण पुगेको हो। म्यानमार भने दोस्रो स्थानमा रहेका मध्ये उत्कृष्ट भएर दोस्रो स्थान पुगेको हो।

यस समूहको छनोट खेलहरु अप्रिल २६ देखि ३० सम्म म्यानमार हुनेछ। यस्तै समूह बी मा दक्षिण कोरिया, भियतनाम, इरान र लेवनान छन्।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिमहरु अन्तिम चरणको लागि छनोट हुनेछन्। आयोजक थाइल्याण्डसँगै २०१७ को च्याम्पियन जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको चीन अन्तिम चरणको लागि छनोट भइसकेका छन्।

अन्तिम चरणमा कूल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell