
काठमाडौं : कुवेत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ।
यसअघि पहिलो खेलमा पहिलो रोजाईँमा रहेका आर्मीका दुई फरवार्ड नवयुग श्रेष्ठ र भरत खवासको सट्टा आशिष लामा र विमल रानालाई पहिलो रोजाईँमा राखिएको छ।
मुख्य प्रशिक्षक योहान कलिनले कुवेत विरुद्धको लागि घोषणा गरिएको पहिलो रोजाईमा परेपछि आशिषले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दैछन्। विमलले भने पहिलो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरिसकेका छन्।
आशिषले घरेलु फुटबलमा एपीएफबाट खेल्दै आएका छन्।
आशिष र विमल बाहेक बाँकी ९ खेलाडी भने अघिल्लो खेलमै खेलेका खेलाडी छन्।
पहिलो खेलमा नेपालले घरेलु टोली कुवेतलाई बराबरीमा रोकेको थियो। दोस्रो खेलमा पनि पहिलो खेलकै लयलाई निरन्तरता दिँदै कुवेतलाई बराबरीमा रोक्ने नेपालका प्रशिक्षक र कप्तानले बताएका छन्।
नेपाल र कुवेतबीचको दोस्रो अहिले राती नेपाली समयअनुसार ९:१५ मा सुरु हुनेछ।
नेपाली टिम :
गोलकिपर : किरण कुमार लिम्बु
डिफेन्डर : विराज महर्जन (कप्तान), अजित भण्डारी, देवेन्द्र तामाङ, रन्जित धिमाल
मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, विक्रम लामा, सुमन लामा
फरवार्ड : आशिष लामा, विमल राना