PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

'अवसर सदुपयोग गर्न नसक्दा पराजित'



पहिलोपोस्ट

'अवसर सदुपयोग गर्न नसक्दा पराजित'

काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह इ को पहिलो खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब अहमानी लिमिटेड ढाकासँग पराजित भएको छ।

अबहानीसँग १-० ले पराजित भएपछि मनाङ प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित भएको बताएका छन्।

'हाम्रो केटाहरुले शतप्रतिशत दिएर खेले। तर पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपर्‍यो।' लोप्साङले खेलपछि पोष्टम्याच कन्फ्रेन्समा भने। 'अबहानीले पनि राम्रो खेल्यो। उनीहरुले पाएको एउटै अवसरमा गोल भयो र त्यही नै हारको कारण बन्यो।'

लोप्साङले समूहमा पहिलो म्याच हारेपनि नआत्तिएको बताए। 'अझै हाम्रो अवसर छ। एक खेल हार्दैमा केही सक्किएको छैन।'

उनले आगामी दिनमा फिनिसिङ लाइनमा सुधार गर्नुपर्ने बताए। 'हामीले अबको खलेमा कसरी स्कोर गर्ने भन्ने विषयमा ध्यान दिएर सुधार गर्नुपर्छ।' 

अबहानी विरुद्ध घरेलु मैदानमा मनाङले दुई विदेशी फरवार्ड खेलाएको थियो। शारीरिक रुपमा ती खेलाडी बलिया रहेपनि गोल गर्न भने सकेनन्। तर प्रशिक्षक लोप्साङले विदेशीले भन्दा नेपाली खेलाडीले नै पाएको अवसर खेर फालेको बताए।

'नेपाली खेलाडीले नै पाएको अवसर सदुपयोग गर्न सकेनन्। यदी त्यो अवसर विदेशीले पाएको भए गोल हुन्थ्यो। हामीले यसैमा सहयोग हुन्छ भनेर विदेशी फरवार्ड खेलाएका हौँ।'

उनले सुरुको २० मिनेट मनाङले स्पिडमा खेलेपनि त्यसपनि खेलमा केही रणनीति परिवर्तन खोज्दा तालमेल नमिलेको पनि बताए।

यस्तै मनाङका कप्तान विराज महर्जनले पनि राम्रो खेल्नका बावजुत पनि अवसर खेर फाल्दा नै हार बेहोरेको बताए। 'हामीले यस खेलको लागि एक हप्ता मात्र ट्रेनिङ गरेका थियौँ। केटाहरुले राम्रो खेले तर पाएको अवसर सदुपयोग गर्न सकेनन्। हामीले ३ अवसर खेर फाल्यौँ।' महर्जनले भने। ‘अर्को खेलमा अब सुधार गर्नेछौँ र गल्ती सच्याएर अगाडि बढ्नेछौँ।'

उता ३ अंक लिने रणनीतिका साथ नेपाल आएको अबहानीका पोर्चुगज प्रशिक्षक मारियो लेमोस जितबाट खुशी देखिए। साथै उनले मनाङको प्रदर्शन पनि राम्रो भएको बताए।

'खेल एकदमै प्रतिस्पर्धात्मक भयो। पहिलो हाफमा हामीले केही संघर्ष गर्नुपरेको थियो। मनाङको हेमन र विशालले धेरै राम्रो खेले। दोस्रो हाफमा हामीले केही सुधार गरेको खेल्यौँ र अवसर पनि सिर्जना गरेका थियौँ। सबै खेलाडीहरुले धेरै मेहनत गरेका थिए। ३ अंक जोड्न पाउदा हामी खुशी छौँ।' लेमोसले भने।

उनले ट्रफमा खेल्न केही गाह्रो भएको पनि बताए। लेमवसले मनाङको डिफेन्स राम्रो रहेकोले पनि केही अवसरमा गोल गर्न नसकेको बताए।

यस्तै उनले मनाङले राम्रो फुटबल खेलेको र नेपाली फुटबलको भविष्य राम्रो रहेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell