PahiloPost

Nov 5, 2025 | २० कात्तिक २०८२

यू १९ वर्ल्डकपमा छनोट हुने लक्ष्यका साथ नेपाल मलेसिया प्रस्थान



पहिलोपोस्ट

यू १९ वर्ल्डकपमा छनोट हुने लक्ष्यका साथ नेपाल मलेसिया प्रस्थान

काठमाडौँ : मलेसियामा आगामी बुधवारदेखि सुरु हुने आइसीसी यू-१९ वर्ल्डकप क्रिकेट क्वालिफायर खेल्न नेपाली यू-१९ क्रिकेट टोली शनिवार मलेसिया प्रस्थान गरेको छ।

सन् २०२० मा दक्षिण अफ्रिकामा हुने वर्ल्डकपको लागि एसियन रिजनल क्वालिफायरको रुपमा रहेको यस प्रतियोगिताबाट एक टोली वर्ल्डकपमा छानिनेछन्।

नेपाली टोलीलाई शनिवारै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट र राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले शुभकामना दिँदै बिदाइ गरे।

राष्ट्रिय टिमबाट खेलिसकेका र वर्ल्ल रेकर्ड समेत राखेका रोहित कुमार पौडेलको कप्तानीमा रहेको १४ सदस्यी नेपाली टोलीमा अर्का वर्ल्ड रेकर्ड होल्डर सन्दिप जोरा पनि छन्। यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका पवन सर्राफ राष्ट्रिय टिममा परेर खेल्न बाँकी रहेका भिम शार्की देखि नयाँ खेलाडी अभिषेक बस्नेतसम्म यस पटक युवा टोलीमा छन्।

प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास छन्। जसले यू-१९ टोलीलाई दुई वर्ष भन्दा बढी समयमदेखि निरन्तर हेरिरहेका छन्।

दासकै पहलमा नेपालको युवा टोलीले मेलसिया जानुअघि भारतमा दुई साताको क्याम्प राखेको थियो। जहाँ नेपाली टोली आन्द्रा प्रदेश क्रिकेट टिमसँग ६ अभ्यास खेल खेल्नुका साथै ट्रेनिङ पनि गरेको थियो।

मलेसियामा हुने क्वालिफायरमा नेपालसहित ६ टोलीको सहभागिता रहनेछ। सिंगल राउण्ड रोविन लिग अनुसार हुने खेलमा नेपालले पहिलो खेल अप्रिल १२ मा सिंगापुरसँग खेल्नेछ।

लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने एक टिम अर्को वर्ष जनवरीमा हुने वर्ल्डकपमा छनोट हुनेछ। अहिलेसम्म आइसीसीको ११ फुल मेम्बर र अफ्रिकाबाट क्वालिफायर जित्दै नाइजरिया वर्ल्डकपमा छनोट भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell