PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

टी २० क्रिकेटमा सन्दीपको ५० विकेट पूरा



पहिलोपोस्ट

टी २० क्रिकेटमा सन्दीपको ५० विकेट पूरा

काठमाडौँ : नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले टी २० क्रिकेटमा ५० विकेट लिएका छन्। भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत रोएल च्यालेन्जर्स बैगलोर विरुद्धको खेलमा १ विकेट लिएपछि सन्दीपले उक्त उपलब्धी हात पारे।

दिल्ली क्यापिटल्सका लागि खेलिरहेका सन्दीप बैँगलोर विरुद्ध भने महँगा सावित भए। उनले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट मात्र लिन सके। यस सिजन आइपीएलमा चार खेल खेलेका सन्दीपले अहिलेसम्म ५ विकेट लिएका छन्।

गत सिजन दिल्लीका लागि ३ खेल खेलेका सन्दीपले ५ विकेट लिएका थिए।

गत सिजन आइपीएल खेल्दै विश्वभर टी २० फ्रेन्चाइज्ड लिग खेल्न थालेका सन्दीपले विभिन्न लिग खेल्दै टी २० फर्म्याटमा ५० विकेट लिएका हुन्।

राष्ट्रिय टिमका लागि भने सन्दीपले ५ टी २० अन्तर्राष्ट्रिय खेल खेल्दै ५ विकेट लिएका छन्।

सन्दीपले २०१८ मा आइपीएलमा बैँगलोर विरुद्ध नै खेल्दै टी २० क्रिकेटमा डेब्यु गरेका थिए र त्यस खेलमा १ विकेट समेत लिएका थिए।

सन्दीपले आइपीएलमा मात्रै १० विकेट लिएका छन्। यस्तै पहिलो पटक खेलेको अष्ट्रेलियाको बिग बास लिग र पाकिस्तानको पाकिस्तान सुपर लिगमा ११-११ विकेट लिए।

यस्तै क्यारेवियन सुपर लिगमा ७ र बंगलादेश प्रिमियर लिगमा ४ विकेट लिए। पहिलो पटक आयोजना भएको अफगानिस्तान प्रिमियर लिगमा पनि सन्दीपले २ विकेट लिएका थिए।

टी २० मा सबैखाले प्रतियोगितामा गरेर सन्दीपले ४० खेल खेल्दै ५० विकेट लिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell