PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

आइपीएल : कोहलीको बैंगलोरको लगातार छैटौँ हार, श्रेयास अयेरको अर्धशतकमा दिल्ली ४ विकेटले विजयी



पहिलोपोस्ट

आइपीएल : कोहलीको बैंगलोरको लगातार छैटौँ हार, श्रेयास अयेरको अर्धशतकमा दिल्ली ४ विकेटले विजयी

काठमाडौँ : विराट कोहलीको कप्तानीमा रहेको रोएल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा लगातार छैटौँ हार बेहोरेको छ।

आइतवार भएको खेलमा बैंगलोरलाई दिल्ली क्यापिटल्सले ४ विकेटले पराजित गरेको हो। कप्तान श्रेयास अयेरले अर्धशतक प्रहार गरेपछि बैंगलवरले दिएको १५० रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्लीले यस सिजन तेस्रो जित हात पारेको हो।

यस सिजन पाँच टिमले समान ६ अंक जोडेका छन्। रनरेटका आधारमा दिल्ली ६ खेलबाट ६ अंकका साथ पाँचौ स्थानमा छ। ५ खेलबाट ४ जितसहित ८ अंक जोडेको चेन्नाई सुपर किंग्स शीर्ष स्थानमा छ।

बैंगलोर विरुद्धको खेलमा नेपाली युवा खेलाडी सन्दीप महँगा सावित बनेपनि उनले टी २० क्रिकेटमा ५० विकेट लिने उपलब्धी हात पारे।

गत सिजन आइपीएलमा बैंगलोर विरुद्ध नै खेल्दै डेब्यु गरेका सन्दीपले एक वर्षको समयमा विश्वभरको टी २० फ्रेन्चाइज्ड लिग खेलिसकेका छन्।

बैंगलोर विरुद्ध भने सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट मात्र लिए।

तर कगिसो रवाडाको ४ विकेट अनी कप्तान अयेरको ६७ रनको मद्दतमा दिल्लीले सिजनको तेस्रो जित हात पार्‍यो।

अयेरले ५० बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै पृथ्वी श ले २८, कोलिन इनग्रामले २२ र रिसभ पन्तले १८ रन योगदान गरे। बैंगलोरका एद्द सैनीले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। बैंगलोरका लागि घरेलु मैदानमा कप्तान कोहलीले सर्वाधिक ४१ रन बनाए। मोइन अलीले ३२ रन जोडे। दिल्लीका रवाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। यस्तै क्रिस मोरिसले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell