
काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत मंगलवार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गर्यो।
ब्याटिङमा नेपालका कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेल्दा प्रतीष जिसीले विष्फोटक ब्याटिङ गरे। बलिङमा नेपाली स्पिनरहरु पवन सर्राफ, कुशल मल्ल, सूर्य तामाङले उत्कृष्ट प्रदर्शन गरे। यी तीन खेलाडीले ६ विकेट लिए।
यस्तै नेपाली टिमको मुख्य फास्ट बलर कमल सिंह ऐरीले १ विकेट मात्र लिए। तर उनले कीर्तिमानी बलिङ गरे। ३६औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका कमलले ३ ओभर बलिङ गर्दा १ विकेट लिएका हुन्। तर उनले ३ ओभरमै मेडन राख्दै कुनै रन दिएनन्। उनको बलिङ स्पेश ३-३-०-१ रह्यो।
कमलको बलिङ इक्कोनोमी ०.०० रह्यो।