PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

लिभरपुल विरुद्ध शानदार फ्रिकिक गोल गर्दै मेसीले पूरा गरे ६ सयौँ क्लब गोल



पहिलोपोस्ट

लिभरपुल विरुद्ध शानदार फ्रिकिक गोल गर्दै मेसीले पूरा गरे ६ सयौँ क्लब गोल

गत आइतवार क्रिस्टियानो रोनाल्डोले सिरी ए मा युभेन्ट्सको लागि इन्टर मिलान विरुद्ध गोल गर्दै क्लब करियरमा ६ सयौँ गोल पूरा गरेका थिए। उनले विभिन्न ४ क्लबमा खेल्दै यो उपल्बधी हात पारेका हुन्।


त्यसको चार दिनपछि नै लिओनल मेसीले पनि क्लब करियरमा ६ सयौँ गोलको कोशेढुङ्गा पूरा गरे। तर मेसीले एउटै क्लबका लागि ६०० गोल गरेका हुन्।


युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुल विरुद्ध फ्रिकिकमा शानदार गोल गर्दै मेसीले यस्तो सफलता हात पारे।
सेमिफाइनल पहिलो लेगमा घरेलु मैदान नोउ क्याम्पमा लिभरपुललाई पराजित गर्दा मेसीले २ गोल गरे। उक्त खेलमा बार्सिलोना ३-० ले विजयी भएको थियो।


मेसीले स्पानिस जायन्ट् बार्सिलोनामा १४ वर्ष खेल्दा ६८३ खेलमा ६०० गोल गरेका हुन्। उनको गोल रेसिओ ०.९ रहेको छ।


बार्सिलोनको इतिहासमा समेत सर्वाधिक गोल गर्ने खेलाडी रहेका ३१ वर्षीय मेसीले दोस्रो स्थानका रोड्रिग्वेजलाई ३६८ गोलले पछि पारिसकेका छन्।
मेसीले सबैभन्दा धेरै गोल स्पेनकै सेभिया विरुद्ध गरेका छन्।

यस्तै उनले सबैभन्दा गोल देब्रे खुट्टाले गरेका छन्। देब्रे खुट्टाले ४९१ गोल गरेका मेसीले दाँया खुट्टाले ८५ गोल गरेका छन्। यस्तै हेडरबाट २२ गोल गरेका मेसीले बाँकी २ गोल शरीरका अन्य भागले गरेका थिए।

मेसीले सन् २००५ मे १ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell