PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

वुमन्स च्याम्पियन्स लिगको मिति चार महिना पछि सर्‍यो, अब असोजमा हुने



पहिलोपोस्ट

वुमन्स च्याम्पियन्स लिगको मिति चार महिना पछि सर्‍यो, अब असोजमा हुने

काठमाडौं : क्वीन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने भनेको महिला क्रिकेटको फ्रेन्चाइज लिग 'वुमन्स च्याम्पियन्स लिग' (डब्लुसिए) को मिति चार महिना पछि सरेको छ।

यसअघि जेठ पहिलो सातादेखि गर्ने भनिएपनि अब असोज ३ गतेबाट सुरु गर्ने गरी मिति सारिएको बयोजकले बिहीवार प्रेस विज्ञप्ती मार्फत जनाएको छ।

२०७५ साल अन्त्यमा गर्ने गरी लिगको घोषणा भएपनि आयोजकले पहिलो पटक मिति सार्दै २०७६ साल जेठ ३ देखि १२ गतेसम्म आयोजना गर्ने तय गरेको थियो।

तर राष्ट्रिय खेलकुद परिषद्ले गर्ने प्रधानमन्त्री कप पुरुष क्रिकेटको कारण डब्लुसिएलको मिति सारिएको आयोजक क्वीन्स इभेन्टले जनाएको छ।

नयाँ मितिअनुसार अब लिग असोज ३ देखि ११ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना हुनेछ।

प्रतियोगितामा नेपालको पाँच शहरको नामबाट ५ टिमले प्रतिस्पर्धा गर्नेछन्। आयोजकले लिग खेल्ने ५ टिम र त्यसको मार्कि खेलाडीको नाम भने यसअघि नै सार्वजनिक गरिसकेको छ।

जसमा क्यापिटल रोएल्स काठमाडौँ, ललितपुर फाल्कोन्स,पोखरा पल्टन, चितवन राइनोज र विराटनगर टाइटन्स छन्।

 

खेलाडीको दर्ता खुल्ला, चार श्रेणीमा विभाजन

यस्तै आयोजकले डब्लुसिएलमा सहभागिता जनाउनको लागि खेलाडी दर्ता सुरु गरेको छ। यही बैशाख १९ देखि २५ गतेसम्म खेलाडीले आफ्नो नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ।

लिगमा चार श्रेणीको खेलाडीहरु हुनेछन्। जसअनुसार डाणमण्ड, रुबिज, सफायर र वाइल्ड कार्ड इन्ट्री गरी चार प्रकारका खेलाडीले नाम दर्ता गराउन सक्नेछन्।

आयोजकका अनुसार डाणमण्ड श्रेणीमा अहिले राष्ट्रिय टिमबाट खेलिरहेका खेलाडीहरु पर्नेछन्। यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधितव गरिसकेका खेलाडी हुनेछन् भने सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलाडी हुनेछन्।

वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरु रहनेछन्। लिगमा सहभागि प्रत्येक टोलीले वाइल्ड कार्ड इन्ट्रीबाट २-२ खेलाडी समावेश गर्नुपर्ने आयोजकले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell