
काठमाडौं : क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा आगामी असोजमा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी २० क्रिकेट मा १०७ खेलाडीले नाम दर्ता गराएका छन्।
आयोजकले बैशाख १५ देखि २५ गतेसम्म खलाडीको नाम दर्ता गर्न आवेदन खुल्ला गरेको थियो। त्यस समयमा १०७ खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको हो।
प्रतियोगिता असोज ३ देखि ११ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
लिगमा पाँच फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयोजकले पाँच टोलीको नाम र मार्की खेलाडी सार्वजनिक गरिसकेको छ
प्रतियोगिता खेल्न नाम दर्ता गराएइका खेलाडीहरु सहभागि टोलीहरुले ड्राफ्ट विधिबाट आफ्नो टिममा छनोट गरिने आयोजकले जनाएको छ।