A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6986ea163fe409.52124431): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6986ea163fe409.52124431,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6986ea16402906.46466655): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6986ea16402906.46466655,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

५ सय वर्ष पुरानो क्वथुननी बचाउन असनमा विरोध सभा, सरकार असफल बनाउन गुठी संस्थान नै लागेको नेकपा सांसदको आरोप
PahiloPost

Feb 7, 2026 | २५ माघ २०८२

५ सय वर्ष पुरानो क्वथुननी बचाउन असनमा विरोध सभा, सरकार असफल बनाउन गुठी संस्थान नै लागेको नेकपा सांसदको आरोप



सहयोग रञ्जित

५ सय वर्ष पुरानो क्वथुननी बचाउन असनमा विरोध सभा, सरकार असफल बनाउन गुठी संस्थान नै लागेको नेकपा सांसदको आरोप

काठमाडौं: गुठी संस्थानले असनमा रहेको ५ सय वर्ष पुरानो क्वथुननी भत्काएर व्यापारिक कम्पलेक्स बनाउने तयारी गरेपछि असनवासीले आज विरोध प्रदर्शन गरेका छन्।

असन चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयहरुले गुठीले काठमाडौंमा व्यापार सभ्यताको विकास भएको असनको मध्ये भागमा रहेको क्वथुननी भत्काएर रैनाथे नेवारहरुलाई विस्थापित गर्न लागेको भन्दै विरोध गरेका हुन्।

क्वथुननी बचाउ अभियानले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धर, क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठ, क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधान,  प्रदेश नम्बर ३ का सांसद राजेश शाक्य, समाजवादी पार्टी नेपालकी उपाध्यक्ष हिसिला यमी लगायतले क्वथुननी बचाउने अभियानको समर्थन गरे। 

ने क पा सांसद रामवीर मानन्धरले संस्कृति र सम्पदा नेपालीको धरोहर रहेको र अहिलेको सरकार त्यसको संरक्षणप्रति सचेत रहनुपर्ने बताए।

दुई तिहाइको सरकार भएको अवस्थामा देश नबनोस् भन्ने शक्तिहरुले व्यापक चलखेल गरिरहेको भन्दै मानन्धरले भने,'देश नबनोस् भन्ने शक्तिहरु सक्रिय छन्। त्यो मध्य गुठी संस्थान पनि एक हो। यो भूमि नेवारहरुको हो। यहाँका रैथानेलाई विस्थापित गर्ने कुरा स्वीकार्य छैन।'

उनले क्वथुननी बचाउन आफू जहिल्यै तयार हुने भन्दै क्वथुननी भत्काउने , मन्त्री परिषद्मा नेवारलाई स्थान नदिनु काठमाडौं र नेवारहरु सकाउने कोसिस भएको बताए।

आफ्नो क्षेत्रमा रहेको क्वथुननी बचाउन एकबद्धता व्यक्त गर्न पुगेका मानन्धरले जनप्रतिनिधिलाई 'मुर्दावाद' भनेर मात्रै क्वथुननी नबच्ने भन्दै अहिले यसलाई बचाउन सबैसँग संघर्ष गर्न तयार रहेको बताए। त्यसो भए पनि गुठीले क्वथुननी भत्काए आफूले पनि 'जन प्रतिनिधि मुर्दावाद ' भन्ने मान्नधरको तर्क थियो।

सांसद श्रेष्ठ र प्रधानले पनि गुठी संस्थानले सार्वजनिक सम्पत्तिको रक्षा गर्नुको साटो उल्टै त्यसलाई मासेर व्यापारिक भवन बनाउन लागेकोमा आपत्ति जनाए।

गुठी संस्थान अन्तर्गत 'श्री ५ को वायु देवता गुठी'को नाममा रहेको उक्त जग्गामा ११ परिवारले पसल संचालन गर्दै आएका छन्। ३ परिवारका १५ जना सोही घरमा बस्दै आएका पनि छन्। व्यापार र बसोवास गरेवापत उनीहरुले गुठी संस्थानलाई पहिले देखि नै भाडा तिर्दै आएका थिए।

गुठी संस्थानले उनीहरुसँग २०७० साल फागुनमा घर वहाल कर बुझाउने गरी करार सहमति गरेको थियो। सन्तान दर सन्तान बस्दै आएकाहरुसँग प्रत्येक ५ वर्षमा बहाल पुनरावलोकन गर्ने र कम्तीमा ५ प्रतिशत बहाल बृद्धि गर्ने सहमति भएको थियो।

तर, भूकम्पले घर भत्किएको भन्दै करार अवधि बाँकी रहँदा (२०७४ मा) गुठी संस्थानले बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्राइभेट लिमिटेड कम्पनीलाई घरको पुनर्निर्माण र त्यहाँ व्यवसायिक क्रियाकलाप गर्न २७ वर्षका लागि वहाल करार सम्झौता गर्‍यो।

मौलिक शैलीमा बनेको घर र स्थानीय नेवारहरुको बाहुल्य रहेको क्वथुननीमा आफूहरुलाई कुनै जानकारी नदिई नयाँ सहमति गरेको र सांस्कृति महत्वको उक्त घरलाई पूरै व्यापारिक प्रयोजनका लागि उपयोग गर्न दिने गरी भएको सहमतिको स्थानीयले विरोध गरेका हुन्।

नेवा: अभियानको नेतृत्व गरिरहेका उमेश स्थापितले गुठीले क्वथुननीमाथि मात्र नभइ गुठीले नेवा: सभ्यताको केन्द्रमाथि नै प्रहार गरेको बताए।

'सन्तान दर सन्तान' देखि असनमा बस्दै आएकमा नेवारहरु विस्थापित भए काठमाडौंका नेवारहरु नै विस्थापित हुने भन्दै उनले प्रश्न गरे,' कुनै समय अन्नपूर्ण मन्दिर भत्कियो र गुठीले बनाउन सकेन भन्यो भने के त्यहाँ पनि व्यापारिक कम्पलेक्स बनाउने? यो हामीलाई मान्य हुँदैन।'

भूमाफिया र गुठी संस्थानमा रहेका भ्रष्टहरुले गर्दा क्वथुननीको अस्तित्व समाप्त भए त्यसले नेवा वस्ती सकिने उल्लेख गर्दै त्यसका लागि प्रतिरोध गर्न नेवारहरु तयार रहेको बताए।

नागरिक र जनप्रतिनिधिले भनेको कुरा नमाने गुठी संस्थान नै खारेज गर्नुपर्ने र स्वायत्त प्राधिकरण गठन गरेर नेवारहरुको खोसिएको जमिनको अधिकार नेवारहरुकै स्वामित्वमा ल्याउनुपर्ने स्थानीयहरुको तर्क थियो।

गुठी संस्थान श्री ५ को वायु देवता गुठीको नाम रहेको क्वथुननीमा रहेका घर रणबहादुर शाहको पालामा कब्जा गरिएको स्थानीय बताउँछन्। त्यहाँ पुरातात्विक महत्वको 'चि बहा:द्य:' (चैत्य) र ५०० वर्ष पुरानो अशोक वृक्ष विहार रहेको छ। विहारमा रहेको क्वा: पा द्य: (अभिताभ बुद्ध) को मूर्ति रहेको छ। उक्त विहारमा प्रत्येक वर्ष हुने गुँला पर्वमा विशेष पूजा हुन्छ। विहारमा पञ्चदान आयोजना गरिन्छ। गुठीको कम्प्लेक्स मोहले विहारको सांस्कृतिक पर्व नै रोकिने डर स्थानीयलाई रहेको छ।

त्यसैले गुठी संस्थानले क्वथुननीमा व्यापारिक केन्द्र बनाउने निर्णय नसच्चाए र असनमा डोजर चलाए जलाइदिने र राज्यसँग विद्रोह गर्ने स्थानीयले चेतावनी ‍दिएका छन्।

सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell