
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने क्विक्स विद्यालय स्तरिय फुटबलको लागि मिति सार्वजनिक भएको छ।
एन्फाले सोमवार जिल्ला, प्रदेश र राष्ट्रियस्तरको मिति सार्वजनिक गरेको छ।
जसअनुसार जिल्लास्तरीय जेठ २१ देखि असार ३१ सम्म सञ्चालन गर्नुपर्ने छ।
यस्तै प्रदेशस्तरीय साउन १९ देखि ३२ गतेसम्म आयोजना हुनेछ।
क्विक्स राष्ट्रिय विद्यालय स्तरिय छात्र/छात्रा प्रतियोगिता भने असोज १ देखि ११ गतेसम्म सञ्चालन गरिने एन्फाले जनाएको छ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा हुने जिल्लास्तरीय लिग एन्फाले सञ्चालन गर्ने एन्फाले जनाएको छ।
एन्फाले विद्यालयस्तरिय छात्र/छात्रा फुटबल प्रतियोगिताको लागि यसअघि नै चौधरी ग्रुप (सीजी)सँग प्रायोजन सम्झौता गरिसकेको छ।