PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

विश्वकप क्रिकेट : पाकिस्तानी टोलीमा रियाज र आमिरको पुनरागमन



पहिलोपोस्ट

 विश्वकप क्रिकेट : पाकिस्तानी टोलीमा रियाज र आमिरको पुनरागमन

यही मे ३० बाट इंग्ल्याण्ड र वेल्समा हुने १२औँ संस्करणको आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको लागि पाकिस्तानी टोलीमा वाहव रियाज र मोहम्मद आमिरले पुनरागमन गरेका छन्।

यसअघि घोषणा गरिएको १५ सदस्यीय टोलीमा यी दुई फास्ट बलर अटाएका थिएनन्। तर सोमवार चिफ सेलेक्टर इन्जामान उल हकले यी पाकिस्तानको टोली घोषणा गर्दा यी दुई खेलाडी समेत पर्न सफल भए। यस्तै असिफ अली पनि टिममा अटाएका छन्।

यसअघि घोषणा गरिएको टोलीमा रहेका जुनैद खान, फहिम अस्रफ र अबिद अली भने टोलीबाट बाहिरिएका छन्।

 

पाकिस्तानी टोली:

सर्फ्राज अहेमद (कप्तान), बाबर अजाम, फकर जमन, हरिस सोहेल, हसन अली, इमाद वासिम, इमाम उल हक, मोहम्मद हाफिज, मोहम्मद हासनेन, शदाब खान, शाहिन साह अफ्रिदी, सोएब मल्लिक, वाहव रियाज, मोहम्मद आमिर, असिफ अली

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell