PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

यस्तो कारुणिक दृश्य मैले जीवनमा देखेको छैन, नेपालीको पसिनामाथि डोजर चलाइयो : धुर्मुस



पहिलोपोस्ट

यस्तो कारुणिक दृश्य मैले जीवनमा देखेको छैन, नेपालीको पसिनामाथि डोजर चलाइयो : धुर्मुस

चितवन : धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधवार अवरोध खडा भएको छ।

बुधबार बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचनामा स्थानिय व्यक्तिहरुले डोजर लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले बार भत्काउने व्यक्ति र डोजरलाई निणन्त्रणमा लिएर छानविन भइरहेको जनाएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला निर्माणस्थलको बार भत्काइनु दुःखद घटना भएको बताइन्।

धुर्मुस सुन्तली फाउण्डेनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले निर्माणाधिन रंगशालमा बार भट्ट्काइनु एकदमै दु:दख घटना भएको बताएका छन्। 'यो एकदमै दु:दख घटना भएको छ। एका बिहानै आएर बार सबै डोजर लगाएर भत्काइएको छ। स्थानिय हरु, केही अराजक भिड जसको अगुवाईइमा यो काम यहाँ भयो।' उनले यस्तो कारुणिक दृश्य अहिलेसम्म नभोगेको समेत बताएका छन्।

'जुन घटना आफ्नै आँखा अगाडि घट्यो, जुन दृश्य देखेँ यो भन्दा कारुणिक दृश्य मेरो जीवनमा मैले देखेको छैन होला। हुनत यो भन्दा अगाडि बस्ती बनाउँदा पनि धेरै दु:ख, धाक, धम्की, प्रेसर सहेर राष्ट्रका लागि केही गर्नुपर्छ भनेर लागेका थियौँ।'

स्थानियले निर्माणाधिन रंगशालाको छेउको बाटो बढाउन माग गरेपनि यो ठूलो इस्यु नभएको बताए। उनले डीपीआर बनिसकेपछि महानगरपालिका र स्थानिय राखेर छलफल गर्ने बताएपनि बारमा डोजर चलाएर नेपालीको पसिनामाथि डोजर चलाएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell