PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

एनएसजेएफ स्पोर्ट्स अवार्ड : पिपुल्स् च्वाइस् अवार्डको मनोनयनमा परेका ५ खेलाडीको विशेषता



पहिलोपोस्ट

एनएसजेएफ स्पोर्ट्स अवार्ड : पिपुल्स् च्वाइस् अवार्डको मनोनयनमा परेका ५ खेलाडीको विशेषता

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको लागि आइतवार ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ।

वर्ष २०७५ प्राप्त गरेको उपलब्धी र चर्चालाई आधार मान्दै एनएसजेएफले विभिन्न ५ खेलका ५ खेलाडीको नाम उक्त अवार्डको लागि सार्वजनिक गरेको हो।

जसमा क्रिकेटर सन्दीप लामिछाने, फुटबलबाट सावित्रा भण्डारी, भलिबलबाट रेश्मा भण्डारी, ब्याड्मिन्टनबाट प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन छन्।

आइतवार काठमाडौँमा सार्वजनिक मनोनय समारोहमा सन्दीप लामिछानेबाहेक चार खेलाडी उपस्थित थिए। उनीहरुले मनोनयनमा राखेकोमा एनजेएफलाई धन्यावद दिँदै नेपालको लागि अझै राम्रो प्रदर्शन गर्ने बताए। यस्तै हाल अष्ट्रेलियामा रहेका कारण सन्दीप उपस्थित थिएनन्। सन्दीपको सट्टा नेपाली राष्ट्रिय टिमका मेनेजर रमन शिवाकोटी उपस्थित भएका थिए।

मनोनयनमा परेका खेलाडीको गत वर्ष प्रदर्शन र विशेषता:

सन्दीप लामिछाने, क्रिकेट

  • नेपालले खेलेको सबै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको मुख्य पात्र
  • नेपालले जितेको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा नेदरल्याण्ड्सविरुद्ध प्रभावशाली प्रदर्शन
  • क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सका लागि ७ विकेट लिन सफल
  • विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगहरुमा आधार तयार पार्दै विश्वव्यापी चर्चा बटुल्न सफल
  • आइपीएद्य, पाकिस्तान सुपर लिग, अष्ट्रेलिया बिग बास लिग र बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन
  • एकै वर्ष टी २० मा ५० विकेट लिने विश्वका थोरैमध्येका एक खेलाडी
  • राष्ट्रिय टोलीले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जित्दाका प्रमुख खेलाडी
  • आइसीसी वर्ल्ड टी २० एसिया रिजन क्वालिफायरमा २४ विकेट लिन सफल
  • नेपालका लागि कुनै पनि क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिन सफल

 

प्रिन्स दाहाल, ब्याडमिन्टन

  • दुबई जुनियर इन्टरनेशनल सिरिजको यू-१५ उमेर समूहमा स्वर्ण पदक, फाइनलमा इन्डोनेसियाका क्रिकस्टियन बगस्टिनलाई २-० को सेटमा हराउदै कीर्तिमान
  • उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी
  • प्रेसिडेन्ट कप जुनियर इन्टरनेसनल ब्याड्मिन्टन च्याम्पियनसिपमा यू-१५ र यू-१९ मा स्वर्ण पदक
  • साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू-२१ तर्फ मेन्स डबल्समा रजत पदक
  • अन्नपूर्ण इन्टरनेशनल ब्याडमिन्टनमा यू-१९ मा स्वर्ण र मेन्स सिंगल्समा रजत
  • जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू-१५ मा स्वर्ण र मेन्स सिंगल्समा कास्य
  • आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा यू-१७ मा स्वर्ण
  • प्रथम दर्गादेवी अन्तर्राष्ट्रिय आमन्त्रण ब्याडमिन्टन मेन्स सिंगल्समा स्वर्ण
  • १५औं कृष्णमोहन स्मृति राष्ट्रिय प्रतियोगिताको यू-१७ मा स्वर्ण र मेन्स सिंगल्समा रजत

 

सावित्रा भण्डारी, फुटबल

  • घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा शानदार प्रदर्शन गर्दै वर्षभर चर्चित
  • भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान
  • महिला साफ च्याम्पियनसिपमा उपविजेतासहित सर्वाधिक गोलकर्ता बन्न सफल
  • महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी
  • प्रधानसेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता
  • नेपाललाई पहिलो पटक ओलम्पिक छनवटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो चरण पार)

 

रेश्मा भण्डारी, भलिबल

  • एपीएफ क्लबले वर्षमा १० उपाधि जित्दा विशेष भूमिका
  • छैटौँ आइजीपी कप राष्ट्रिय खुला भलिबलको उपाधिसहित उत्कृष्ट खेलाडी
  • केएनपी शेरबहादुर खड्का विशेष अवार्डबाट सम्मानित

 

महेश्वर महर्जन, शारीरिक सुगठन

  • २०७५ सालमा शारीरिक सुगठनमा नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने खेलाडी
  • थाइल्याण्डको च्याङमाईमा सम्पन्न १०औँ विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल
  • १५औँ राष्ट्रिय धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिपमा ओभरअल उपविजेता



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell