
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने भएको छ।
आज भएको सेमिफाइनलमा नेपालले आयोजक मलेसिया तथा हङकङले सिंगापुरलाई पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन्।
किनरारा मैदानमा भएको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो।
यस्तै अर्को सेमिफाइनलमा हङकङले सिंगापुरलाई डिएल मेथडको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
Nepal (U19) overcame a determined Malaysia (U19) side, while Hong Kong sealed their passage through to the final against Singapore (U19) in a game affected by rain.
— AsianCricketCouncil (@ACCMedia1) July 8, 2019
MATCH REPORT➡️ https://t.co/heFk6Pheiy #U19ER
SCORECARD➡️https://t.co/OgMbFO7S8s➡️Match Centre pic.twitter.com/0LKHjXdtqe
वर्षाले प्रभावित खेलमा हङकङले दिएको २४८ रनको लक्ष्यसहित सिंगापुरले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो ।
वर्षाले खेल रोकिनु अघि सिंगापुरले २८.३ ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो। त्यसपछि खेल पुन: सुरु हुन नक्सदा सिंगापुर डिएल मेथडमा पछि पर्यो र हङकङ विजयी भयो।
त्ययसअघि पहिले ब्याटिङ गरेको हङकङले ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको थियो।
फाइनल खेल मंगलवार किनरारा ओभल मैदानमै हुनेछ। यस खेलको विजेता च्याम्पियन बन्दै आगामी अक्टोवर-नोभेम्वरमा श्रीलंकामा हुने एसीसी यू-१९ एसिया कपमा छनोट हुनेछन्।