PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

गाडीको झ्यालबाट फोहोर फ्याँक्ने बानी छ? अब सुध्रिनुस्, यस्तो बन्दैछ जरिवाना गराउने नयाँ कानुन



पहिलोपोस्ट

गाडीको झ्यालबाट फोहोर फ्याँक्ने बानी छ? अब सुध्रिनुस्, यस्तो बन्दैछ जरिवाना गराउने नयाँ कानुन

काठमाडौँः सार्वजनिक यातायातमा यात्रा गर्दा झ्याल तथा ढोकाबाट सडकमा फोहोर फ्याँक्ने बानी छ? छ, भने अब बानी सुधार गर्नुस्।

अन्यथा एकदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्नेगरी सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ। संघीय संसद् प्रतिनिधिसभामा दर्ता भएको विधेयक संसदमा दुबै सदनबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

सरकारले काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयकमार्फत यस्तो व्यवस्था प्रस्ताव गरेको हो।

पढ्नुस्ः सार्वजनिक यातायात व्यवस्थापन गर्न प्राधिकरण बन्ने, यस्तो छ प्रस्तावित संरचना

प्रस्तावित विधेयक भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बुधबार प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएका छन्। चालु अधिवेशनमै विधेयक प्रतिनिधिसभामा पेस हुनेछ।

 

यस्तो छ प्रस्ताव

सरकारले उपत्यकाको सवारी व्यवस्थापन र नियनका लागि प्राधिकरण गठनको प्रस्ताव विधेयकमार्फत गरेको छ। प्राधिकरण गठनकै लागि विधेयक ल्याइएको हो।

जसमा सार्वजनिक सवारीमा यात्राका क्रममा हुने केही कसुर समेटिएको छ। यस्तो कसुरमा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत वा प्राधिकरणले तोकेको व्यक्तिले जरिवाना गर्नेछ। उक्त अधिकार ट्राफिक प्रहरीलाई समेत दिन सक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

अब सार्वजनिक यातायातमा यात्राका क्रममा क्षति पुर्‍याउने वा फोहोर गर्ने व्यक्तिलाई पनि जरिवाना हुनेछ। सार्वजनिक सवारी साधनबाट सडकमा फोहोर फ्याँकेमा पनि एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

सार्वजनिक यातायातमा तोकिएको भाडा नतिरी यात्रा गर्ने याुत्रलाई पनि एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ। भाडा नतिर्ने तथा नपाउने सुविधा माग गर्ने यात्रुलाई पनि समान जरिवाना हुन सक्ने व्यवस्था विधेयकमा प्रस्तावित छ।

यस्तै, यात्रुसँग तोकिएको भाडा नउठाउने, अनावश्यक सहुलियत तथा कम भाडा असुल गर्ने जिम्मेवार व्यक्तिलाई पनि प्राधिकरणले जरिवाना गर्न सक्नेछ। जरिवाना एक हजारदेखि पाँच हजार रुपैयाँसम्म नै प्रस्ताव गरिएको छ।

सार्वजनिक यातायातमा चालक, सहचालक तथा यात्रुसँग अमर्यादित व्यवहार गरेमा पनि त्यस्ता व्यक्तिलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell