PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

ट्राफिक अंकल आफैँ नियम उल्लंघन गर्ने?

ट्राफिक अंकल आफैँ नियम उल्लंघन गर्ने?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: सवारी साधनबाट हुने क्षति कम गर्न ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। 

पछिल्लो पटक चोकचोकमा 'सडक सुरक्षाका लागि हेर्नुभयो ट्राफिक अंकल?' 'छतको यात्रा, जीवनको खतरा' जस्ता बोर्ड पनि देख्न पाइन्छ। तर, अरुलाई नियम पालना गर्न सचेत गराउने ट्राफिक प्रहरी आफै चाँहि कति सचेत छन् त?

ललितपुरको कुपन्डोलबाट थापाथलीतिर जाँदै गरेको बा १ ज २१९५ ट्रकमा यात्रारत ट्राफिक प्रहरी देख्दा भने यस्तो देखिएन।
 
ट्राफिक नियम पालना गर्न सचेत गराउने ट्राफिक प्रहरी ट्रकमा थुप्रिएर निर्धक्क गन्तव्यतिर लाग्दै थिए। तर अन्य सवारी या सर्वसाधारणले यसरी नै यात्रा गरेका भए के उनीहरुले यस्तै छुट पाउँथे त? नियामक निकायले नै यस किसिमको उल्लंघन कतिको जायज होला?
 
ट्राफिक प्रहरी यात्रारत ट्रक कुपन्डोलबाट थापाथली हुँदै त्रिपुरेश्वतिर जाँदै गर्दा यी तस्बिरहरु कैद गरिएका हुन्।

सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा झ्याल तथा ढोकाबाट सडकमा फोहोर फ्याँक्नेलाईसमेत कारबाही गर्ने नियम ल्याउन प्रस्तावित विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएकै समयमा ट्राफिक प्रहरीले यात्रा सुरक्षामा ध्यान नदिनुलाई सम्बन्धित निकायले ध्यान देओस्।



ट्रेन्डिङ पोस्ट

Ncell